प्रचण्डद्वारा गल्ती स्विकार,पार्टी एकताको लागि नेकपा -माओवादीसँग पुनः अनुनय

२०७१ जेष्ठ १२ गते, सोमबार

काठमाडौँ । एमाओवादीका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछि गल्ती गरेको स्विकार गर्दै पार्टी एकताको लागि नेकपा माओवादीसँग पुनः प्रस्ताव गरेका छन् ।इच्छुक स्मृति दिवसका उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।
केही दिनअघि राजधानीमा भएको एक कार्यक्रममा पार्टी एकताको लागि साधारण सदस्य भएर बस्न पनि तयार हुने विचार राखेका प्रचण्डले पार्टी एकतामा जोड दिँदै पुनः पार्टी एकतामा जोड दिए ।‘अहिले हामी क्रान्तिकारी कम्युनिष्टहरु अत्यन्तै रक्षात्मक स्थितीमा पुगेका छौं,’ इच्छुक स्मृति दिवसका उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भने,‘अब नमिले हाम्रो हालत झन खराव हुन सक्छ । त्यसैले म पार्टी एकताको लागि विशेष आग्रह गर्न चाहन्छु । एकताको लागि म बाधक बन्दिन । एकता हुन्छ भने म सबथोक त्याग्न तयार छु ।’तर उनले त्यसका लागि नयाँ नयाँ विचार,नयाँ राजनीति र नयाँ सांगठनिक कार्यदिशामा भने मतैक्यता हुन जरुरी रहेको औलाए । क्रान्तिकारीले जस्तो सुकै त्याग गरेर पनि देश र जनताको लागि समर्पित हुनु पर्ने तर्क अध्यक्ष प्रचण्डको थियो ।
कार्यक्रममा प्रचण्डले बाबुराम र आफुबीचमा जुँगाको लडाइ भइरहेको स्विकारे । ‘बाबुराम जी र मेरो जुँगा छ तर मोहन वैद्यमा छैन । त्यही भएर हामीबीचमा जुँगाको लडाइ छ’ प्रचण्डले ठट्यौली शैलीमा भने ।प्रचण्डले पार्टीमा निकै नै विवाद भएको भनेर बजारमा चलिरहेको हल्लाको भने खण्डन गरे । बाहिर आए जस्तो एमाओवादीमा विवाद र विग्रह नभएको र अहिले जारी विवाद पार्टी र क्रान्तिको लागि भएको उनको दावी थियो ।

प्रतिक्रियाहरु

[anycomment]