एमाओवादीलाई प्रचण्ड संकट

काठमाडौँ । एकीकृत नेकपा माओवादीमा आन्तरिक विवाद चुलिएको छ । विराटनगर सम्मेलनपछि उत्कर्षा पुगेको विवाद पार्टीीटको संघारमा पुगेको छ । पार्टीीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई पक्षबीच अहिले पानी बाराबारको स्थिति सिर्जना भएको छ । पार्टीीदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यमा निर्वाचनको नाटक गरेर वरिष्ठ नेता बाबुराम भट्टर्राई पक्षलाई नामेट पार्ने काम भएपछि विवादले प्रचण्ड रुप लिएको छ । बाबुराम पक्षलाई पार्टीी उल्लेख्य भूमिका नदिने र प्रचण्ड पक्षको पछि लतारी रहने ग्राण्डडिजाइनअनुसार अध्यक्ष प्रचण्ड समूहले भट्टर्राई पक्षका केही नेताहरुलाई पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा भोट दिएरै जिताएका थिए । आफ्नो पक्ष उम्मेदवार र मतदाता दुवै नबनेको अवस्थामा प्रायोजित रुपमा जिताइदिएकोमा कुनै पनि पदमा नबस्ने वरिष्ठ नेता बाबुराम भट्टर्राई पक्षको अडान छ । यसैबीच केन्द्रिय समिति, सबै विभाग, मोर्चा र तल्ला कमिटीहरुमा भने बस्ने बाबुराम पक्षको मागलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डले नामावली मागेका थिए । नेता डा. बाबुराम भट्टर्राईले कार्यविभाजनका लागि पार्टीुख्यालयमा बुझाएको आफू निकट नेता कार्यकर्ताहरुको नामावली भएको कागज सञ्चारमाध्यममा पुगेको छ । अध्यक्ष प्रचण्डको आग्रह अनुसार वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले आफ्नो पक्षका नेताहरु टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, राम कार्की, गंगा श्रेष्ठ, प्रभु शाह, निर्मलकुमारसित सल्लाह गरी पार्टर्ीी विभिन्न विभाग, मोर्चा र कमिटीहरुमा राख्नुपर्ने व्यक्तिहरुको नामावली तयार गरेका थिए । बाबुरामले प्रचण्डलाई बुझाएको नामावली बाबुरामले समानान्तर कमिटी गठन गरेको भन्दै सञ्चारमाध्यममा वितरण गरिएको थियो ।
यसैबीच, आफ्नै महत्वपूण कागजात हराएको र सञ्चारमाध्यमहरुमा पनि पुगेको भन्दै अध्यक्ष प्रचण्डले वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईलाई भेटेर दुःख व्यक्त गरका छन् । प्रचण्ड पक्षका नेता र कार्यकर्ताहरुले बाबुराम पक्षीय नेता र कार्यकर्ताका दैनिक गतिविधि निगरानी गर्ने, झोला र डायरी लुकिछिपी हेर्ने, बाबुराम पक्षका नेताका स्वकीय सचिव र चालकहरुलाई समेत प्रभावित पारेर सूचना लिने गरेको बताउँछन । प्रचण्ड पक्षीय केही व्यक्तिहरुको यस्तो गतिविधिबाट स्वयम् अध्यक्ष नै आक्रोशित भएको लाजिम्पाट स्रोतले बताउछ । ‘एउटै पार्टीी हुँदा आन्तरिक रुपमा विचार र राजनीतिमा बहस गर्ने एउटा पक्ष हो । तर, आन्तरिक बहसका विषयहरु र्सार्वजनिक संचारमाध्यममा वितरण गर्ने प्रचण्ड पक्षको राजनीतिक अनैतिकता हो,’ बाबुराम पक्षीय एक नेताले भने ।
यसैगरी, प्रचण्डको झोलाबाट पार्टीी आन्तरिक भ्रष्टाचार छानबिन गर्न बनेका बोगटी आयोग र शेरचन आयोगका रिपोर्टहरु पनि हराएको चिन्ता पार्टीीत्र व्याप्त भएको छ । ‘हालसम्म ती रिपोर्टहरु कहाँ गए भनेर खोजी गर्न अर्को आयोग बनाउनुपर्ने भइसक्यो । कतै अध्यक्षको झोलाबाट ती पनि हराए कि -ण्द्दज्ञड पार्टीी्रोतले भन्यो । पार्टीी र्सार्वजनिक गर्न नसकेका ती रिपोर्टहरु कता हराए र कुन दिन कसको स्वार्थमा र्सार्वजनिक सञ्चारमाध्यमहरुमा बाँडिने हुन् भनेर अध्यक्ष निकटस्थहरु निकै चिन्तित भएको स्रोतको दाबी छ ।
यसैबीच, एकीकृत नेकपा -माओवादी) का प्रभावशाली नेता लेखराज भट्टले प्रचण्ड पक्षका नेताहरु सेती-महाकालीमा पुगे भने कालो मोसो दल्ने घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डकै कित्तामा रहेका पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टीी गोपनीयता नभएको र पक्षपात हाबी भएको भन्दै सुदूरपश्चिम पुग्ने इन्चार्जहरुलाई कालोमोसो दल्ने बताएका हुन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्डको निकट सचिवालयमा रहेका र नातागोता भित्रै रहेकाहरुले र्सार्वजनिक सञ्चारमाध्यमहरुमा आफ्ना व्यक्तिगत कर्तुतहरु प्रकाशित नगरिदिने शर्तमा अध्यक्ष प्रचण्डसँग सम्बन्धित गोप्य सूचनाहरु केही पत्रकारहरुलाई बाँड्ने गरेका छन् ।