माओवादी केन्द्रीय समितिको बैठक जारी

२०७१ असार १९ गते, बिहीबार

काठमाडौ । नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।यहि असार १८ गतेवाट सुरु भएको बैठकमा भावी कार्यदिशासम्बन्धमा केन्द्रीय सदस्यहरुले अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमा आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ ।भावी कार्यदिशाबारे एकमत नभएपछि बुधबारको बैठकमा अध्यक्ष वैद्य र सचिव चन्दले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गरेका हुन् । चन्दले अध्यक्ष वैद्यको प्रस्ताव पूर्ण नभएको बताएका छन् । दुवै प्रस्ताव केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]