‘नेपाल–भारत उर्जा सम्झौता’ राष्ट्रघाति : पाँच पार्टी

२०७१ श्रावण ७ गते, बुधबार

काठमाडौं। एमाओवादी सहितका पाँच पार्टीको कार्यगत एकता समितिको बैठकले प्रस्तावित ‘नेपाल–भारत उर्जा सम्झौता’ नेपाका सार्वभौमिकतामाथिको हस्तक्षेप र राष्ट्रघाती भएको निर्णय गर्दै त्यसको विरोधमा संघर्षका कार्यक्रममा गर्ने निर्णग गरेको छ ।समितिका हालका अध्यक्ष मणि थापाको अध्यक्षतामा मंगलरबार बुद्धनगरमा बसेको बैठकले उक्त निर्णाय गरेको हो । निर्णयको एक नंं बुँदामा भनिएको छ, ‘प्रस्तावित नेपाल–भारत उर्जा सम्झौता नेपालको सार्वभौमसत्ता माथिको गम्भिर हस्तक्षप हो । उर्जा, जल लगाएत अन्य राष्ट्रिय हितहरुमा एकाधिकार कायम गर्ने उद्देश्यबाट प्रस्ताव निर्देशित रहेको बैठकले ठहर गरेको छ ।’ बैठकमा उपस्थित नेकपा–माओवादी सचिव देव गुरुङले भने, ‘यो उर्जा सम्झौताको नाममा आएको प्रस्तावले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ । माथिल्लो कर्णाली लगायतका विवादित परियोजनाहरुलाई सरकारले एकलौटी रुपमा भारतलाई हस्तन्तरण गर्न लागेकाले हामी संघर्षमा जानु पर्ने बेला आएको छ ।’
बैठकले नेपाल–भारत उर्जा सम्झौता सम्बन्धमा काठमाण्डौमा वृहत्तर अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
निर्णयहरु :
कार्यगत एकता समिती’ को बैठक अध्यक्ष मणि थापाको अध्यक्षतामा ५ दलका शिर्ष नेता लगाएत अन्य जिम्वेवार नेताहरुको उपस्थितीमा नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा सम्पन्न भयो । बैठकले निम्न निर्णयहरु गरेको छ ।
बैठकका निर्णयहरु
१. प्रस्तावित “नेपाल–भारत उर्जा सम्झौता” नेपालको सार्वभौमसत्ता माथिको गम्भिर हस्तक्षप हो । उर्जा, जल लगाएत अन्य राष्ट्रिय हितहरुमा एकाधिकार कायम गर्ने उद्देश्यबाट प्रस्ताव निर्देशित रहेको बैठकले ठहर गरेको छ । कुनै पनि सन्धि सम्झौता गर्दा राष्ट्रिय सहमति कायम गरियोस भन्ने बैठकले माग गर्दंछ र सत्य–तथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ ।
२. सर्वपक्षिय राजनीतिक सभाको सम्बन्धमा कार्यगत एकता समितीले सरकारसंग वार्ता गर्ने निर्णय गरियो ।
३. नेपाल–भारत उर्जा सम्झौता सम्बन्धमा काठमाण्डौमा वृहत्तर अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरियो ।
४. उपत्यका बाहिर पनि ‘कार्यगत एकता समिती’ का समितीहरु गठन गर्दै अन्र्तक्रिया र गोष्ठिहरु गर्न निर्देशन दिने निर्णय गरियो ।

प्रतिक्रियाहरु

[anycomment]