माथिल्लो कर्णालीको पीडीए नगर: माओवादी

काठमाडौं । नेकपा-माओवादीले भारतीय कम्पनी जीएमआरसँग माथिल्लो कर्णालीको विकास परियोजना सम्झौता पीडीए गर्ने सरकारी तयारीको विरोध गरेको छ ।माओवादी अध्यक्ष मोहन बैद्य किरणले एक विज्ञप्ति जारी गरी यसप्रकारको सम्झौता नगर्न र राष्ट्रिय हितअनुरुपको सम्झौता गर्नुपर्दा पनि राष्ट्रिय सहमति कायम गर्न माग गरेका छन् ।माथिल्लो कर्णालीसम्बन्धी पीडीएको विरोधमा आइतबार राजधानीसहित देशव्यापी संयुक्त विरोध प्रदर्शन र सभा गर्ने माओवादीले जनाएको छ ।