जनयुद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्छौ : विप्लब

काठमाडौं। नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले जनयुद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टीले छलफल गरिरहेको बताएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)द्वारा २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ट सामुदायिक विद्यालय तथा विशिष्ट श्रेणी प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा उनले वर्तमान सरकार र एकीकृत नेकपा (माओवादी)का नेतासँग दशवर्षे जनयुद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टीले छलफल गरिरहेको उनले बताएक हुन् ।
सरकार र निजी संस्थाबाट दिइने शिक्षा समानस्तरको हुुनुपर्छ–उनले भने ।अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले शिक्षामा गुणस्तरीय पाठ्यक्रमको समावेश हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा ललितपुरका उत्कृष्ट सामुदायिक विद्यालय आदर्श सौल उमावि, श्रीकृष्ण उमावि, वाणीविलास उमावि, सिस्नेरी उमावि, प्रभात उमावि, श्रृङ्गेरी सामुदायिक मावि, जनक मावि, त्रिपद्म विद्याश्रमलगायतलाई सम्मान गरिएको थियो ।