फुट्नै लाग्यो एमाओवादी

२०७१ श्रावण २४ गते, शनिबार

काठमाडौँ । एकीकृत नेकपा माओवादी आन्तरिक विवादले पार्टर्ीीवभाजनतिर उन्मुख भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले बाबुराम भट्टर्राई पक्षलाई पार्टीीति बाहिर गएको भन्दै कारवाही गरेपछि पार्टीीत्रको आन्तरिक विवाद झन् बढेको छ । यस पटक नीतिगतभन्दा सांगठनिक विवाद भएकाले पार्टीीमल्ने सम्भावना कम देखिएको स्वयम् एमाओवादीका नेताहरुले बताएका छन् । यसैक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नीतिगत र वैचारिक बहसभन्दा फरक विवाद भएकाले अब मिल्न कठिन हुने बताए । श्रेष्ठले कार्यदिशा तय गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा पार्टीीमजोर अवस्थामा पुगेको बताए । यसैबीच, एमाओवादीका डा. बाबुराम पक्षका नेताहरुको भट्टर्राई निवास सानेपामा बसेको बैठकले दुइ केन्द्रिय सदस्यमाथि गरिएको कारवाही तत्काल फिर्ता नभए आगामी भदौ १० मा हुने केन्द्रिय समिति बैठक बहिष्कार गर्ने निर्ण्रागरेको छ । पार्टर्ीीे स्थायी कमिटी बैठकले केन्द्रिय सदस्य रामरिझन यादव र गंगानारायण श्रेष्ठलाई निलम्बन गरेपछि यसबारे छलफल गर्न भट्टर्राई पक्षका नेताहरु सानेपामा भेला भएका थिए । ‘हामीले अस्वीकार गरेको अवैधानिक स्थायी कमिटीले गरेको कारवाही अस्वीकार गर्ने निर्ण्र्ाभएको छ,’ नेता गंगानारायण श्रेष्ठले भने- ‘कारवाही फिर्ता नलिए केन्द्रिय समितिको बैठकमा हाम्रो समूहका नेताहरु सहभागी नहुने निर्ण्र्ााभएको छ ।’ यसैबीच अर्का एक नेताले दिएको जानकारीअनुसार प्रचण्डले गरेको कारवाहीले संविधान निर्माण प्रक्रियालाई समेत असर पार्ने निष्कर्षनिकालिएको छ । ‘संविधान बनाउन सबैको साथ लिनुपर्नेमा आफ्नै साथीलाई कारवाही गरेर प्रचण्डले के चाहनुहुन्छ -‘ स्रोतले भन्यो, ‘संविधान निर्माणमा अध्यक्ष प्रचण्डको भूमिमा माथि प्रश्न उठेको छ ।’ सानेपामा आयोजित भेलामा बाबुराम भट्टर्राई, हिसिला यमी, नवराज सुवेदी गंगानारयण श्रेष्ठ, प्रभु साहलगायतका नेताहरुको उपस्थिति थियो । रामरिझन यादव राजधानी बाहिर रहेकाले अनुपस्थित थिए भने टोपबहादुर रायमाझी चीन भ्रमणमा गएका कारण सानेपामा अनुपस्थित थिए ।

प्रतिक्रियाहरु

[anycomment]