बलमिच्याईं गरेर संविधान जारी गरे प्रतिकार गर्छौ : प्रकाण्ड

काठमडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले ८ माघभित्र कुनै पनि हालतमा संविधान जारी गर्न नदिने चेतावनी दिएका छन् । उनले बलमिच्याईं गरेर संविधान जारी गरिए प्रतिकार गर्ने चेतावनी दिए ।भक्तपुरको रफत सञ्चार क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा प्रवक्ता प्रकाण्डले भने, ‘सबै अस्त्र प्रयोग गरेर भए पनि संविधान जारी गर्न दिँदैनौं ।’ उनले कांग्रेस र एमालेको पुच्छर बनेर एमाओवादीले दोस्रो संविधानसभाबाट जनविरोधी संविधान जारी गर्न खोजेको टिप्पणी गरे ।
एमाओवादी र वैद्य नेतृत्वको नेकपा-माओवादीले क्रान्तिको बाटो छाडेकोले पार्टीलाई विभाजन गर्न आफूहरु बाध्य भएको प्रकाण्डले बताए । प्रकाण्डले अब क्रान्तिलाई नयाँ ढंगले पूरा गरिछाड्ने दाबी गरे ।