माओवादीको आमसभा खुलामन्चमा

२०७१ पुष ११ गते, शुक्रबार

काठमाडौ । नेकपा माओवादीले आज राजधानीको खुलामन्चमा आमसभा गरेर आफ्ना धारणा र बटम लाइन सार्वजनिक गर्ने भएको छ ।माओ दिवसको अवसर पारेर माओवादीले कार्यक्रम गर्न लागेको हो । माओवादीका प्रवक्ता खड्गबाहदुर विश्वकर्मा प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिमा संविधान निर्माण र शान्ति प्रक्रिया तथा जनयुद्ध एवं जनआन्दोलनको स्प्रिरिटलाई निष्कर्षमा पुराउने खाकासहित सम्बोधन गर्ने बताइएको छ ।
त्यसअघि कालीमाटी–त्रिपुरेश्वर–खुलामञ्च, पुल्चोक–माइतीघर, बबरमहल–माइतीघर मण्डला, लैनचौर–जमल–खुल्लामञ्च, डिल्लीबजार–पुतलीसडक–खुलामञ्च लगायताका स्थानमा जनप्रदर्शन गरिने माओवादीले जनाएको छ ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को हस्ताक्षरमा जारी विज्ञप्तीमा जनताको संविधान बनाउने चाहना, जनयुद्ध र जनआन्दोलनका उपलब्धी तथा शान्तिप्रक्रिया डरलाग्दो खाडलमा जाकिन थालेको बताउँदै यसलाई निर्ममतापूर्वक रोक्नुपर्ने समेत बताइएको छ । विज्ञप्तीमा भनिएको छ, “ अन्तमा ४ वर्षसम्म संविधानसभालाई संविधान बनाउन नदिइ विघटन गरियो र दोस्रो संविधानसभाको नाटक रचियो । अहिले आउँदा जनताको संविधान, जनयुद्ध एवं जनआन्दोलनका उपलब्धी र शान्ति प्रक्रिया डरलाग्दो खाडलमा जाकिन थालेको छ । यसलाई निर्ममतापूर्वक रोक्नु नेपाली जनताको निर्विकल्प दायित्व भएको छ ।”
साथै माओवादीले दोस्रो संविधान सभालाई मान्यता नदिने समेत बताएको छ । यो संविधान सभालाई प्रतिक्रान्तिकारी राजनीतिक कोर्सृ भएको बताउँदै प्रवक्ता प्रकाण्डले यससँग सम्बन्धित सबै राजनीतिक षड्यन्त्रको खारेज गर्नुपर्ने बताएका छन् । उनले अब अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठन गर्नुपर्ने बताएका छन । उनले शान्ति प्रक्रियालाई जनयुद्ध र जनआन्दोलनको स्पिरिट र जनभावनाअनुसार निष्कर्षमा पुर्याउनुपर्ने पनि बताएका छन् ।
माओवादी विसकै अवसरमा माओवादीले काठमाडौंको खुलामञ्चमा जनसभाको आयोजना पनि गरेको छ । विज्ञप्तीमा संयोजक विप्लवसहित नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । जनसभाका लागि देशभरबाट कार्यकर्ताहरु अहिले राजधानीमा केन्द्रित भइरहेका छन् । उपत्यकाका तीन जिल्ला र राजधानी वरिपरिका जिल्लाबाट समर्थक, शुभचिन्तक जनता र कार्यकर्ताहरु धेरै आउने बताइएको छ ।

माओवादीका प्रवक्ता खड्गबाहदुर विश्वकर्मा प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ “१२२ औं माओ दिवसको अवसरलाई पारेर हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले काठमाडौंको खुल्लामञ्चमा बृहत जनप्रदर्शनसहित विशाल जनसभाको आयोजना गरेको छ । यस अवसरमा विश्व सर्वहारा वर्गका महान् नेता क. माओप्रति हाम्रो पार्टी ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको विचारको रक्षा, प्रयोग र विकास गर्न २१ औं शताब्दीको सर्वहारा क्रान्तिको नेपालमा अविछिन्न नेतृत्व गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।
हाम्रो देश र नेपाली श्रमजीवी जनता यतिखेर आफ्नो इतिहासकै सर्वाधिक सङ्कटको सामना गरिरहेका छन् । सामान्यतः २००७ साल वरिपरिबाट, विशेषतः २०५२ सालबाट नेपाली समाजको आमूल परिवर्तनका निम्ति जोखिमपूर्ण जनयुद्धको सुरुवात गरेका नेपाली जनता २०६२÷६३ सालमा आउँदा १९ दिनको ऐतिहासिक जनआन्दोलनमा उत्कर्षमा पुगी शान्तिप्रक्रियामा प्रवेश ग¥यो । शान्तिप्रक्रियाको सारतत्व जनयुद्ध र जनआन्दोलनमा नेपाली जनताले अगाडि सारेका राजनीतिक मुद्दाहरुको संविधानसभा मार्फत जनताको संविधानको स्वरुप दिनु र पुरानो राज्यसत्ताको अग्रगामी रुपान्तरणको निम्ति माओवादी शक्ति र संसदवादी शक्तिबीच सहमति, सहअस्तित्व र सहकार्य थियो । जब २०६४ चैत्र २८ गतेको निर्वाचनबाट बनेको संविधानसभा यो विशेषता र रुपको बन्यो, तब देशी विदेशी प्रतिक्रियावादी तत्वहरुबाट त्यसका विरुद्ध षड्यन्त्र हुन थाल्यो । अन्तमा ४ वर्षसम्म संविधानसभालाई संविधान बनाउन नदिइ विघटन गरियो र दोस्रो संविधानसभाको नाटक रचियो । अहिले आउँदा जनताको संविधान, जनयुद्ध एवं जनआन्दोलनका उपलब्धी र शान्ति प्रक्रिया डरलाग्दो खाडलमा जाकिन थालेको छ । यसलाई निर्ममतापूर्वक रोक्नु नेपाली जनताको निर्विकल्प दायित्व भएको छ ।
प्रतिक्रान्तिकारी राजनीतिक कोर्सका रुपमा अगाडि बढाइएको कथित दोस्रो संविधानसभा र त्यससँग सम्बन्धित सबै राजनीतिक षडयन्त्रहरुको खारेज गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठनद्वारा नेपाली जनताको संविधान निर्माण र शान्ति प्रक्रियालाई जनयुद्ध एवं जनआन्दोलनको स्पिरिट र जनभावनाअनुसार निष्कर्षमा पु¥याउन नेपाली जनताको जनप्रदर्शन एवं पहलकदमीका निम्ति हाम्रो पार्टीद्वारा आयोजित तथा पार्टीका संयोजक क. विप्लवद्वारा सम्बोधन गरिने ऐतिहासिक जनप्रदर्शन एवं काठमाडौंको खुल्लामञ्चमा हुने विशाल जनसभामा सहभागी भई भव्य रुपमा सफल पारिदिनुहुन मजदुर, किसान, राष्ट्रिय पुँजीपतिवर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, उत्पीडित क्षेत्रका जनसमुदाय र डाक्टर, प्राध्यापक, इन्जिनियर, वकिल, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, बुद्धिजीवी, विद्यार्थी र पत्रकार लगायत आम जनसमुदायमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट माओवादी हार्दिक अनुरोध गर्दछ ।

कार्यक्रम
१. जनप्रदर्शन
– कालीमाटी–त्रिपुरेश्वर–खुलामञ्च
– पुल्चोक–माइतीघर मण्डला–खुलामञ्च
– बबरमहल–माइतीघर मण्डला–खुलामञ्च
– लैनचौर–जमल–खुल्लामञ्च
– डिल्लीबजार–पुतलीसडक–खुलामञ्च
२. जनप्रदर्शनको नेतृत्व
– त्रिपुरेश्वर क. विप्लव
– लैनचौर क. प्रकाण्ड
– बबरमहल क. धर्मेन्द्र बास्तोला
साथमा केन्द्रीय नेताहरु
क्रान्तिकारी अभिवादन सहित
१० पुस २०७१”

प्रतिक्रियाहरु

[anycomment]