माओवादी भ्रष्टाचारीको नाम संकलन गर्दै

२०७१ माघ २१ गते, बुधबार

काठमाडौ, २१ माघ । नेकपा माओवादीले भ्रष्टाचारी ,सुन तस्करी,भूमाफिया र कालोबजारीलाई कारबाही गर्ने भन्दै आन्तरिक सूचना संकलनलाई तीव्र पारेको छ । माओवादीले युवा,मजदुर ,विद्यार्थी ,शिक्षक सम्मिलित समूह बनाई भ्रष्टाचारीहरुको नालिबेली संकलन गर्न आन्तरिक रुपमा खटाइसकेका छन् । ठूल्ठूला भ्रष्टाचारी र तस्कर उपत्यकामै रहेको भन्दै काठमाडौंबाट जनकारबाही सुरु गर्ने गोप्य तयारी अन्तिम चरणमाख पुगेको बताइएको छ । उसले प्रतितपत्र घोटाला,धमिजाकाण्ड,,लाउडा प्रकरण,चाइना साउथवेष्ट चेज एयर,नेपाल वायुसेवा निगम,माथिल्लो तामाकोशी,कृषि मल,लेबीको चिनी ,वन फँडानी,डार्फर काण्ड,अपरकर्णाली,अरुण तेस्रो ,मेलम्ची खानेपानीमा भएको अनियमिततामा संलग्नहरुलाई कारबाहीको घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]