आन्दोलनको आधिवेहरी आउँदै

काठमाडौँ । सत्तासिन दल नेपाली काँग्रेस र एमालेले विपक्षी दलहरुलाई लत्याएर संविधानसभामा अगाडि बढ्न खोजेपछि अन्तत संविधानसभा नै धरापमा परेको छ । एमाओवादीसहितका संविधानसभामा भएका १९ दल र संविधानसभा बाहिर रहेका प्रायः सबै दलले यो संविधानसभाले संविधान दिन नसक्ने निस्कर्षनिकालिसकेका छन् । यस्तो अवस्थामा संविधानसभा विघटनको विकल्प नभएको चर्चा राजनीतिक वृतमा चल्न थालेको छ । सत्तासिन दल नेपाली काँग्रेस, एमालेले संविधानसभामा प्रक्रियागत ढंगले अघि बढ्ने लिँडेढिपी गरिरहेका छन् भने संविधानसभामा भएका अन्य दलहरु सहमति बिना संविधानसभाको काम कारवाही अगाडि बढ्न नदिने अडानमा छन् । संविधानसभामा सत्तासिन पक्षले पेल्न थालेपछि अहिले विपक्षी दलहरुले एमाओवादीको नेतृत्वमा सडक आन्दोलन जाने निर्ण्र्ाागरिसेकेका छन् ।
यसैबीच संविधानसभामा धोका भएको भन्दै आन्दोलनमा उत्रेको एकीकृत माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले राजधानीमा दुइ लाख जनता उतारेर प्रदर्शन गर्ने जनाएको छ । गतबिहीबार राजधानीमा बसेको मोर्चाको बैठकले सो निर्ण्र्ागरेको हो । मोर्चाले पहिलो चरणको आन्दोलनको अन्तिम समयमा फागुन १६ गते काठमाडौंमा लाखौ जनता उतार्ने निर्ण्र्ागरेको छ । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी मात्र एक लाख जनता काठमाडौंमा ल्याउने बताएका थिए । बाँकी एक लाख मान्छे ल्याउन ३० दलीय गठबन्धनमा रहेका अन्य दललाई जिम्मा प्रचण्डले दिएका छन् । यसैबीच मोर्चाको बैठकले थप आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ । मोर्चाले माघ २९ देखि फागुन ९ गतेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको जनाएको छ । मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरुमा र्सार्वजनिक स्थानमा कालोझण्डा गाड्नेदेखि दुइ लाख जनतासहित राजधानीमा प्रदर्शन गर्नेसम्मका छन् । मोर्चाले देशका प्रमुख सहरमा जनसभाका कार्यक्रम पनि आयोजना गरेको छ । जसका लागि वक्ताहरु पनि तोकिएको छ । जसअनुसार प्रचण्डले काठमाडौंमा, बाबुराम भट्टर्राईले नेपालगञ्जमा, नारायणकाजी श्रेष्ठले झापामा, उपेन्द्र यादवले बिराटनगरमा, विजय गच्छदारले राजविराजमा, महन्थ ठाकुरले भैरहवामा सम्बोधन गर्ने बताइएको छ । साथै मोर्चाले फागुन ३ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्ण्र्ागरेको छ । साथै फागुन १६ गते काठमाडौंमा आमसभाको आयोजना गरेको छ ।
संविधानसभामा भएका दलहरु नै आपसमा पैठाजोरी खेल्दै सडक आन्दोलनमा उत्रने भएपछि वैद्य नेतृत्वको नेकपा-माओवादी पनि आगामी फागुन १ गतेदेखि आन्दोलनमा उत्रने जनाएको छ । एमाओवादीलाई समेत संविधानसभा छोडेर सडक आन्दोलनमा उत्रन र पार्टीकीकरण गर्न वैद्य माओवादीले औपचारिक रुपमै केन्द्रीय समितिमा निर्ण्र्ागरिसकेको छ । देशमा भएको सबै दलको कार्यशैली हेदा अब यो संविधानसभाको विघटन निश्चित देखिन्छ । अबको राजनीतिक निकास भनेको विप्लव नेतृत्वको नेकपा माओवादीले भने जस्तै संविधानसभाको विघटन र अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा नै एक मात्र विकल्प रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।