माओबादी सहभागिता बिनाको संबिधान जलाइ दिन्छौ : प्रकाण्ड

२०७१ फाल्गुन २२ गते, शुक्रबार

काठमाडौँ । नेकपा मावोबादीका प्रबक्ता प्रकाण्डले माओबादीको सहभागिता बिना कांग्रेस एमालेले जारी गरेको संबिधान जलाइदिने बताएका छन् । बर्तमान संबिधानसभाबाट जन संबिधान नबन्ने भएकोले अधिकार सम्पन्न राजनीतिक सभाबाट नयाँ सहमतिको खोजी गरी संबिधान बनाउनु पर्ने प्रकाण्डको भनाइ थियो ।प्रकाण्डले एमाले कांग्रेसको अहिलेको जनविरोधी प्रजातन्त्र माओवादीले नमान्ने बताएका छन् । माओवादी नुवाकोटले थानापती गाविसमा आयोजना गरेको जनयुद्दका शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
अहिलेको नेपालको परिबर्तनमा काँग्रेस एमालेको दश प्रतिशत पनि हिस्सा नभएको बताउदै प्रकाण्डले एमाले कांगेसले माओवादी संग भएको सम्झौताको कार्यान्यन नगरेकोले शान्ति प्रकृया धरापमा परेको बताए ।
त्यस्तै उनले तत्कालिन एकिकृत माओवादी नेता प्रचण्ड बाबुरामले जनयुद्द र जनआन्दोलनको उपलब्धिको रक्षा गर्न नसकेकोले माओवादीमा विभाजनको सुरुवात भएको पनि बताएका छन् ।
शहिद तथा बेपत्ता परिवारलाइ सम्मान गर्न नुवाकोट पुगेका नेत्र बिक्रम चन्द “विप्लव’ नेतृत्वको माओवादी प्रबक्ता “प्रकाण्ड”ले काँग्रेस एमालेले माओवादीको टाउकोमा बन्दुकले हान्न खोजे त्यसको जवाफ पनी बन्दुकले दिने बताएका छन् ।
शहिद सप्ताहको सन्दर्भ पारी माओवादी नुवाकोटले सम्मान कार्यक्रमको आयोजना गरेर जनयुद्धमा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्दाका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]