सत्ता समीकरण संकटमा

२०७१ फाल्गुन २५ गते, सोमबार

काठमाडौ । सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान निर्माणको विषयलाई लिएर सम्बन्ध चिसिएको छ । संविधानसभामा सुरु भएको संविधान निर्माण प्रक्रिया रोकेर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चासँग वार्ता थालेसँगै दुई दलबीच अविश्वास चुलिएको हो । प्रक्रियाबाटै भए पनि संविधान निर्माण गर्ने बताउँदै आएका कोइराला माओवादीसहित विपक्षी दललाई साथमा लिएर सत्ता साझेदारीका लागि समेत तयार भएको एमाले बुझाइ छ ।
आफूसँगको पूर्वसहमति विपरित कोइराला दलीय सहमतिमा संविधान निर्माण हुने अवस्थामा सर्वदलीय सरकार वा माओवादीसहित विपक्षी मोर्चालाई साथमा लिएर संविधान निर्माण गर्न अनि सत्ता साझेदारी गर्ने समेत कांग्रेस तयार भएको उसको बुझाइ छ ।
त्यस्तै,दलीय सहमतिका नाममा सत्तामा टिकिरहने र एमाले दलीय सहमतिका लागि बाधक बने माओवादीसहितका दललाई लिएर सरकार सञ्चालनको तयारीमा कांग्रेस जुटेको एमालेको बुझाइ छ । माघ ८ पछि कोइराला संविधान निर्माण नभई पार्टीको महाधिवेशनसम्म सत्तामै टिक्ने दाउमा रहेको एमाले केन्द्रीय सदस्य रामनाथ ढकाल बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]