एकताको कुरा भ्रमपूर्ण : प्रकाण्ड

२०७१ चैत्र १ गते, आईतवार

काठमाडौँ । नेकपा माओवादीले तिन माओवादी एक हुँदैछन् भन्ने प्रचारप्रति आपत्ति जनाउँदै उक्त प्रचार भ्रामक भएको बताएको छ । आइतबार पार्टी प्रबक्ता प्रकाण्डले एक प्रेस विज्ञाप्ती जारी गरि सो कुरा बताएका हुन । प्रवक्ताद्वारा जारी विज्ञाप्तीमा ‘हाम्रो पार्टी नेकपा माओवादी, एमाओवादी र किरण नेतृत्वको माओवादी पार्टीसँग जोडेर एकताको प्रचारबाजी गराइएको र गरिएकोप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उक्त प्रचारबाजी वास्तविकताभन्दा टाढा र सुनियोजित भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दछ’ भनिएका छ ।
उक्त विज्ञाप्तीमा अगाडि भनिएको छ–‘नेपाली क्रान्तिको यही गम्भिर विषयलाई दृष्टिगत गरि हाम्रो पार्टीले नेपालको माओवादी आन्दोलनको समग्र दृष्टिले पुर्नगठन गर्ने ऐतिहासिक पहलकदमी लिएको हो । नेपालको इमान्दार माओवादीहरू, नेपाली कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारीहरू र राष्ट्रिय मुक्ति एवम् स्वाधिनताका पक्षधर सबै शक्तिहरूको धु्रबिकरण तत्कालिक आवस्कताको विषय बनिसकेको छ । यसको निम्ति मालेमावादी विचार, क्रान्तिकारी कार्यदिशा, सच्चा कम्युनिस्ट पार्टी र आम जनतालाई एकताबद्ध गर्ने क्रान्तिकारी संघर्ष अनिवार्य छ । हाम्रो पार्टीले अहिले यसैको प्रतिनिधित्व र पहल गरिरहेको छ ।’
केही दिनदेख सञ्चारमाध्यम तिनै माओवादी एक हुँदैछन् भन्ने प्रचारको भ्रममा नपार्न प्रवक्ता प्रकाण्डले सबैलाई अपिल गरेका छन् । ‘यस्तो विशिष्ट अवस्थामा यो गोलमटोल गरिएको प्रचारबाजीले क्रान्तिकारी माओवादीहरू, राष्ट्रि स्वधिनताका पक्षधर शक्तिहरू र आम नेपाली जनसमुदायमा आशंका र भ्रम सिर्जना गर्ने भएकोले उक्त प्रचारबाट सबै पक्ष सचेत रहन हाम्रो पार्टी विशेष अपिल गर्दछ’ जारी विज्ञाप्तीमा भनिएको छ ।

माओवादीको पार्टी प्रबक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञाप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” हाम्रो पार्टी नेकपा माओवादी, एमाओवादी र किरण नेतृत्वको माओवादी पार्टीसँग जोडेर एकताको प्रचारबाजी गराइएको र गरिएकोप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उक्त प्रचारबाजी वास्तविकताभन्दा टाढा र सुनियोजित भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।
२०६३ साल यता नेपालको माओवादी क्रान्तिले एउटा धक्का बेर्होनुपरेको कुरा राष्ट्रिय राजनीति र एक हद्सम्म विश्व राजनीतिमा स्पष्ट छ । माओवादी आन्दोलनमा पैदा भएको विचारधारात्मक, राजनीतिक, सच्चा कम्युनिस्ट पार्टी निर्माण, वर्ग संघर्ष र संस्कृतिमा देखा परेको विचलनता र भड्कावको परिणम स्वरूप माओवादी क्रान्तिले धक्का खानु परेको पार्टी निष्कर्ष छ । जसकोकारण देशको राष्ट्रिय स्वधिनता र नेपाली जनवादी क्रान्तिले पूर्णता प्राप्त सकेन । जुन सम्भव थियो ।
नेपाली क्रान्तिको यही गम्भिर विषयलाई दृष्टिगत गरि हाम्रो पार्टीले नेपालको माओवादी आन्दोलनको समग्र दृष्टिले पुर्नगठन गर्ने ऐतिहासिक पहलकदमी लिएको हो । नेपालको इमान्दार माओवादीहरू, नेपाली कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारीहरू र राष्ट्रिय मुक्ति एवम् स्वाधिनताका पक्षधर सबै शक्तिहरूको धु्रबिकरण तत्कालिक आवस्कताको विषय बनिसकेको छ । यसको निम्ति मालेमावादी विचार, क्रान्तिकारी कार्यदिशा, सच्चा कम्युनिस्ट पार्टी र आम जनतालाई एकताबद्ध गर्ने क्रान्तिकारी संघर्ष अनिवार्य छ । हाम्रो पार्टीले अहिले यसैको प्रतिनिधित्व र पहल गरिरहेको छ ।
यस्तो विशिष्ट अवस्थामा यो गोलमटोल गरिएको प्रचारबाजीले क्रान्तिकारी माओवादीहरू, राष्ट्रि स्वधिनताका पक्षधर शक्तिहरू र आम नेपाली जनसमुदायमा आशंका र भ्रम सिर्जना गर्ने भएकोले उक्त प्रचारबाट सबै पक्ष सचेत रहन हाम्रो पार्टी विशेष अपिल गर्दछ । ”

प्रतिक्रियाहरु

[anycomment]