क्रान्तिबाट भाग्नेसँग एकता हुँदैन : विप्लब

काठमाडौँ । नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लबले क्रान्तिसँग डराएर भागेका एमाओवादी नेतासँग पार्टी एकता हुनै नसक्ने बताएका छन ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले क्रान्तिकारी धार छाडिसकेको बताउदै विप्लबले क्रान्तिकारी शक्तिसँग मात्रै पार्टी एकता हुने बताए । विप्लबले एमाओवादी र नेकपा–माओवादीबीच पार्टी एकता नहुने दाबी पनि गरे ।‘प्रचण्डजी र बाबुरामजी धेरै बाठो हुनुभयो’ गोरखाको हंशपुर गाविस–४ काफलडाँडास्थित नेतृ उमा भुजेलको आमा गर्भकुमारीको निधन भएको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित शोक सभालाई सम्बोधन गर्दै नेता विप्लबले भने, प्रचण्ड, बाबुराम पनि विदेशी शक्तिको वरपर घुमेका छन् ।’ यथास्थितिमा पार्टी एकता गर्नुको कुनै अर्थ नहुने विप्लबको भनाई छ । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनी, तमुवान राज्य समिति इन्चार्ज सावित्रा दूरा लगायतको पनि सहभागिता रहेको थियो ।