भ्रष्टचारीलाई कालोमोसो

काठमाडौँ । नेकपा माओवादी सुर्खेतले भ्रष्टचारीलाई कारबाही कालोमोसो दलेर जनकारबाही सुरु गरेको छ । दलाल तथा भ्रष्टचारीहरू बिरूद्ध देशब्यापी आन्दोलन थालेको माओवादीले बुधवार सुर्खेतमा एक सरकारी कर्मचारीलाई खुल्ला रूपमा घुसखोरी गरेको भन्दै कालोमोसो र जुताका माला लगाएर जनकार्बाहीको सुरूवात गरेको हो ।
जिल्ला प्रशासन कार्यलय सुर्खेतमा मुद्धा फाँटमा कार्यरत नासु बलवहादुर थापालाई लामो समयदेखी दलाली तथा भ्रष्टचार गरेको र पिडित हरूवाट खुले आम दिनदाहाडै र ठाडै मोटो रकम असुल्ने गरेको कुरा पाईएपछी नेकपा माओवादी सुर्खेतले सो कार्वाही गरेको बताईएको छ ।