माओबादीद्वारा बास्तोलाको घर कब्जा

काठमाडौँ । नेकपा माओबादी कास्कीले नेपाली काग्रेस कास्की उपसभापतिको घर कब्जा गरेको छ । माओबादीले नेपाली काग्रेस कास्किका कार्यबाहक उपसभापति बिष्णु बास्तोलाको घर कब्जा गरेका हो । उनले नगर बिकास समितिको अध्क्षय हुदा पोखरा बसपार्कको जग्गा मनपरी गरेको,टुरिष्ट बस पार्क सदर गर्दा करोडौ रकम असुलेको,बस पार्कको जग्गा मिचेर घरघडेरी बनाई अर्कैलाई बेचेको,महेन्द्र उच्च माबिमा अनियमितता र अपारदर्शिता गरेको लगाएतका कार्य गरेको माओबादीले बताएको छ । आज पोखरामा सयौ माओबादी कार्यकर्ताको उपस्थितिमा दलाल र भष्ट्रचार एबम अनियमितताको पर्चा समेत माओबादीले पोखराका चोकचोकमा बाडेँको छ ।