माओवादी कास्कीद्वारा जग्गा कव्जा

काठमाडौँ । नेकपा माओवादीले कास्कीको लेखनाथमा रहेको विवादित जग्गामा झण्डा गाडेको छ । सार्वजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि आफूहरुले झण्डा गाडेको माओवादीले जनाएको छ । अर्ध भुमिगत संरचना निर्माण गर्दैै यस्ता गतिविधि गर्दै आएको माओवादीले कास्कीमा यसअघि पनि झण्डा गाड्ने तथा भ्रष्टाचारी घोषणा गर्ने कार्य गर्दै आएको छ ।
लेखनाथ नगरपालिका वडा नं ४ को मद्धतकोपाटनमा रहेको सुकुम्वासी बस्तीमा विद्यालयको नाममा जग्गा विक्रिवितरण गर्न थालेपछि माओवादीले झण्डा गाडेर कुनैपनि बाहानामा बिक्रिवितरण नगर्ने र खरिद पनि नगर्न सबैमा चेतावनी दिएको छ ।
यसअघि २०११ सालदेखि बस्दै आएका सुकुम्वासीहरु लाई हटाएर स्थानीय अमरज्योति माध्यामिक विद्यालयले उपभोग गर्ने भन्दै लालपुर्जा बिनाको जग्गा बिक्रीबितरण गर्न थालेको माओबादी द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
माओवादी कास्कीको पूर्वी कमाण्ड ईन्चार्ज योजनले जारी गरेको विज्ञप्तीमा एकीकृत नेकपा माओवादी, कांग्रेस र एमालेका स्थानीय नेताहरु मिलेर सार्वजनिक सम्पती सिध्याउन लागि परेको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
जमिनमा लगाईएको बालीनाली नै तहस नहस हुने गरि डोजर चलाएर हुन पुगेको क्षेतिको उचित क्षत्रिपुर्ति उपलब्ध गराउन पनि माओवादीले माग गरेको छ ।