आज मसाल जुलुश , भोलिदेखि आम हड्ताल

२०७१ चैत्र २३ गते, सोमबार

काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले घोषित तीन दिने आम हड्तालको तयारी स्वरुप आज साझा मसाल जुलुस निकाल्ने भएको छ ।मोर्चाले राजधानीमा साँझ ५ बजे शान्तिवाटिकामा मसाल जुलुस निकाल्ने लागेको हो । आम हड्तालले जनजीवन प्रभावित हुने भन्दै चौतर्फी बिरोध भइरहेपनि मोर्चाले भोलि देखि ३ दिनसम्मको लागि घोषणा गरिएको आम हड्ताल फिर्ता नहुने बताएको छ ।
मोर्चाको घटक सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले आफूहरुलाई कुनै आश्वासन नदिएकाले हड्ताल फिर्ताण्को सम्भावनानै नरहेको बताए ।
सहमतिमा संविधान जारी गराउन सत्तापक्षलाई दवाबस्वरुप घोषणा गरिएको हड्ताल फिर्ता लिए नयाँ प्रस्ताव ल्याउने प्रधानमन्त्री सुशील कोईरालाले बताईसकेका छन् । एकल जातीय पहिचान सहितको संघीयताको माग गर्दै माओवादी नेतृत्वको मोर्चाले दोस्रो चरणको आन्दोलन अन्तरगत विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]