क्रान्ति गरेर देखाउँछौं : विप्लव

काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्रान्ति सम्पन्न गर्न पार्टीभन्दा माथि उठेर सबै देशभक्तहरुलाई समेट्नुपर्नेमा बताएका छन । महासचिव विप्लवले क्रान्ति एक्लै सम्भव नभएको तर भइहालेको अवस्थामा सबैले साथ दिने ठोकुवा गरे । रुकुमबाट फर्कने क्रममा सल्यान श्रीनगरमा जिल्लाका कार्यक्रर्तालाई राजनीतिक प्रशिक्षण दिएपछिको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । जनताको सत्ता स्थापित गर्नका लागि गरेको जनयुद्धलाई जवरजस्त हिंसात्मक गतिविधि भन्दै माओवादीलाई अपराधी सावित गर्न पुराना मुद्दा एमाले, काङ्ग्रेसले उल्ट्याउन खोजेको विप्लवले बताए ।
अधिकार सम्पन्न राजनीतिकसभा गठन गरेर माओवादी र सरकार बराबरमा भएको बेला गरिएका सम्झौतालाई कार्यान्वयन गरेमा मात्रै संविधानले पूर्णता पाउने विप्लवको भनाइ छ । सिङ्गो माओवादीसँग जनता निरास भएको भन्दै महासचिव विप्लवले निरासालाई आफूहरुले सुरु गर्ने क्रान्तिले आशामा बदल्ने ठोकुवा गरे ।