माओवादी सिन्धुपाल्चोकद्वारा ३ सय रोपनी जग्गा कब्जा

काठमाडौ । नेकपा माओवादी सिन्धुपाल्चोकले जिल्लाका बिभिन्न गाविसका ३ सय रोपनी जग्गा कब्जामा लिएको छ । सिन्धुपाल्चोकको भिमटार गाविसका २, ३ र ५, बाँडेगाउँ गाविसका ५ र ९ तथा बतासे गाविस २ मा रहेको नेत्रविक्रम काजीको नाममा दर्ता भएका ३ सय रोपनी जग्गा माओवादीले कब्जामा लिएको हो ।माओवादी सशस्त्र युद्धका बेला कब्जा गरिएका जग्गा भुमाफीयाहरुले बेचबिखन गर्न लागेकोले जग्गा कब्जा गरेको नेकपा माओवादी सिन्धुपाल्चोक सेक्रेटरी कमल माझीले बताए ।राजनीतिक द्वन्द्व समाधान भैनसकेको, भुमिसुधार ऐन अन्तर्गत कानुनी मान्यता पनि हदबन्दीभन्दा बढीको अबस्थामा रहेको भन्दै माओवादीले जग्गा बेचबिखन गर्न नदिएको हो । सामन्त जमिन्दार र भुमाफीया बिरुद्ध बैज्ञानिक र क्रान्तिकारी भुमिसुधार प्रणालीबाट राज्यको नीति नबनेसम्म जग्गा कब्जालाई निरन्तरता दिने माझीले बताएका छन् ।