माओवादी विना संविधान असम्भव

काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विना संविधान असम्भव भएको बताएका छन् साथै उनले क्रान्ति सम्पन्न गर्न पार्टीभन्दा माथि उठेर सबै देशभक्तहरूलाई समेट्नुपर्नेसमेत बताएका छन । विप्लवले आपूmहरू क्रान्तिकै लागि रोल्पाबाट काठमाडौं पुगेको बताएका छन् । पार्टीको कामका सिलसिलामा रुकुम पुगेका विप्लवले फर्कने क्रममा सल्यानको श्रीनगरमा जिल्लाका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिँदै सो कुरा बताएका हुन् । यसैक्रममा महासचिव विप्लवले क्रान्ति एक्लै सम्भव नभएको तर भइहालेको अवस्थामा सबैले साथ दिने ठोकुवा गरका छन् । विप्लवले सल्यान श्रीनगरमा जिल्लाका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएपछिको पत्रकार भेटघाटमा यस्तो ठोकुवा गरेका हुन् । जनताको सत्ता स्थापित गर्नका लागि गरेको जनयुद्धलाई जवरजस्त हिंसात्मक गतिविधि भन्दै माओवादीलाई अपराधी सावित गर्न पुराना मुद्दा एमाले, काङ्ग्रेसले उल्ट्याउन खोजेको विप्लवले बताए । अधिकार सम्पन्न राजनीतिकसभा गठन गरेर माओवादी र सरकार बराबरमा भएको बेला गरिएका सम्झौतालाई कार्यान्वयन गरेमा मात्रै संविधानले पूर्णता पाउने विप्लवको भनाइ छ । विप्लवले जनताको सत्ता स्थापित गर्नका लागि गरेको जनयुद्धलाई जवरजस्त हिंसात्मक गतिविधि भन्दै माओवादीलाई अपराधी सावित गर्न पुराना मुद्दा उल्टाइरहेका एमाले काँग्रेसलालाई रोल्पामा गरेको सम्झौता सम्झन समेत आग्रह गरे । उनले जनतालाई भ्रमित पार्ने संविधानसभाको विघटन गरी अधिकार सम्पन्न राजनीतिक सभा गठन गर्नुपर्नेमा जोड दिए । माओवादी र सरकार बराबरमा भएको बेला गरिएका सम्झौतालाई कार्यान्वयन गरेमा मात्रै संविधानले पूर्णता पाउने उनको भनाई थियो । माओवादी विनाको संविधान सम्भव नभएको बताउँदै उनले माओवादीले आफ्नो उद्देश्य भुल्न नहुने दावी गरे । उनले क्रान्तिका लागि सबै क्रान्तिकारीहरू एक ठाउँमा आउने जोड गर्दै तत्काल एमाओवादीसँग एकता नहुने स्पष्ट पारे । साथै उनले क्रान्तिका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरे । यो बेला सिङ्गो माओवादीसँग जनता निरास भएको भन्दै उनले निरासालाई क्रान्तिले आशामा बदल्ने बताए । माओवादीले थाल्ने आन्दोलन नेपाली मोडलमा हुने बताउँदै उनले नेपालमा गाउँ र सहर नजिक बनिसकेका कारण माओवादीको आन्दोलन एकीकृत हुने दावी गरे ।