प्याक्टमा झाको दादागिरि

काठमाडौँ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को आयोजना निर्देशक डा. इन्द्रकान्त झाको भ्रष्ट नियतका कारण धराशयी बन्न लागेको भन्दै सम्बद्ध कर्मचारीहरूले चिन्ता जनाएका छन् । आयोजना निर्देशक झाकै कारण अहिले प्याक्टका सेवाग्राहीहरू पीडित भएको स्वयम् प्याक्टका कर्मचारीहरू स्वीकार गर्छन् । आयोजना निर्देशक झाले कार्यभार सम्हाले लागत्तै आयोजनामा भ्रष्टाचार बढेको भन्दै कर्मचारीहरू नै खुलेआम विरोधमा उत्रिएका छन् । अहिले प्याक्टका निर्देशक झाले आयोजनामा गरेका भ्रष्टाचार विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचार आउन थालेपछि झा आफ्ना कर्मचारीमाथि झनै आक्रामक बनेको स्रोतले बताएको छ । झाले आपूm निर्देशक बन्न केही लगानी गर्नुपरेको र विभिन्न दल र नेताहरूलाई केही आर्थिक सहयोग गर्नुपर्ने भन्दै फर्जी कागजात र बिलहरू बनाई आर्थिक अपचलन गर्न थालेपछि आयोजनामा विवाद सुरु भएको स्रोतले बताएको छ । झाले अहिले अनुदानको रकम वितरणमा समेत कमिसन माग्न थालेपछि सेवाग्राही पनि आतंकित बनेको स्रोतको दाबी छ । सधैँ मालदार कार्यालयको प्रमुख पड्काउँदै आएका झाले यो पटक पनि लाखौँ रुपैयाँ खर्च गरेर प्याक्टको निर्देशक पड्काएको चर्चा अहिले कृषि मन्त्रालयलगायतका सम्बन्धित निकायमा चर्चा चल्न थालेको छ । यसै विषयमा प्याक्टका एक कर्मचारी नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भन्छन्, ‘प्याक्टको निर्देशकमा झा आएपछि हरेक काममा कति कमिशन आउँछ’ भनी लेखाजोखा गर्ने गरेको बताउँछन् । झाले अहिले मन्त्रालय र केही दल तथा नेतालाई आर्थिक सहयोग गर्नुप¥यो, कसरी हुन्छ, मिलाउनु भन्दै इन्धन, मर्मत, सम्भार, विभिन्न सामग्री खरिद र अनुदानको शीर्षकमा फर्जी कागजात खडा गरी भुक्तानी गर्न बाध्य पारेको दुःखेसो पोख्छन् । झाले अनियमितता गरेको समाचार सार्वजनिक भएपछि उनी निकै आक्रामक भएको र कार्यालयको गोप्य कामकारवाही कसरी बाहिरियो, सूचना बाहिर पु¥याउनेलाई पत्ता लगाएर जागिरबाट हटाउने भन्दै कर्मचारीलाई प्रताडित गर्न थालेको बताउँछन् ।
यसै विषयमा आयोजनाका अर्का कर्मचारी भन्छन्, अब हामी निकट भविष्यमै झाले प्याक्टमा छिर्ने बित्तिकै गरेका भ्रष्टाचारको फेहरिस्तसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्छौँ र उनका अनियमतता सार्वजनिक गर्न कुनै कसर बाँकी राख्दैनौँ । एक व्यक्तिको स्वार्थपूर्तिका लागि समग्र आयोजना नै धराशयी हुन कदापि दिँदैनौँ भन्दै उनी अगाडि थप्छन्, प्याक्टमा झाको करोडौँ भ्रष्टाचार गर्ने नियत छ, यसलाई रोक्न हामीलाई सबैको साथ आवश्यक छ । हामी कदापि यो आयोजनालाई धराशयी हुन दिने पक्षमा छैनौँ, यदि सत्यको पक्षमा लड्दा जागिर जान्छ भने पनि त्यसको कुनै पर्वाह छैन भन्दै उनी आक्रोश पोख्छन् ।