स्वाइनफ्लू नियन्त्रणका लागि जनादवाब दिन विरोध सभा हुदै

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौँ, ९ बैशाख । नेकपा माओवादीले जाजरकोट लगायतका जिल्लामा महामारीको रुपमा फैलिएको स्वाइनफ्लू नियन्त्रण गर्न सरकारले तत्परता नदेखाएको भन्दै प्रर्दशन गर्न लागेको छ । उसले रोग नियन्त्रण गर्नुको सट्टा प्रधानमन्त्री विदेश भ्रमणमा निस्केको र विभागीय खासै चाँसो नदेखाएकले तत्काल रोग नियन्त्रणमा दबाब दिन विहीबार काठमाडौँमा प्रर्दशन गर्ने बताएको छ । पार्टीका प्रबक्ता प्रकाण्डले बुधबार एक विज्ञाप्ती जारी गरी सो जानाकारी गराएका हुन । विज्ञाप्तीमा जाजरकोटको पैक गाविसबाट शुरु भएको प्राणघातक स्वाइनफ्लू रोग आजसम्म आईपुग्दा कालिकोट, रुकुम, दैलेख, सुर्खेत, अछाम र जुम्ला गरी सात जिल्लामा फैलिई कालिकोटमा १ गरी २८ जना नागरिकको मृत्यु र हजारौं संख्यामा बिरामी बनाएको उल्लेख गरिएको छ ।
‘राष्ट्रप्रमुख र राज्य संचालनमा रहेका व्यक्ति विभिन्न कार्यक्रममा विदेश पुगेका अवस्थामा देशमा कुनै घटना–परिघटना र दुर्घटना हुँदा कार्यक्रम छाडेर देशमा फिर्ता हुन्छन् । तर, कथित लोकतान्त्रिक सरकारका प्रधानमन्त्री देशमा डरलाग्दो रोगको प्रकोप फैलिई त्यसबाट दर्जनौं नागरिकको मृत्यु र हजारौं बिरामी पर्ने क्रम तीव्र भइरहेको बेला त्यसप्रति न्युनतम चिन्ता, चासो र संवेदनशीलता समेत नदेखाई विदेश भ्रमणमा निस्केका छन् । सरकार र विभागीय मन्त्री लाचार रुपमा प्रस्तुत भइरहेका छन् । जनता दिनप्रतिदिन स्वाईनफ्लूको मुखमा परी ज्यान गुमाइरहेका छन् भने हजारौं संख्यामा बिरामी न्यूनतम उपचार नपाएर मृत्युसँग लडिराखेका छन् ।’ प्रकाण्डद्वारा जारी विज्ञाप्तीमा भनिएको छ ।
रोगको नियन्त्रण नगरिए सिङ्गो नेपाली नागरिक स्वाईनफ्लूको महामारीको शिकार हुनुपर्ने खतरा बढ्दै गएकाले आफ्नो पार्टीले सरकारलाई झकझाउन सो प्रर्दशन गर्न लागेको विज्ञाप्तीमा बताइएको छ । ‘राष्ट्रको यो गम्भीर अवस्थामा सरकारलाई जिम्मेवार बनाउन आमरुपमा खबरदारी गर्नु हाम्रो पार्टीले आफ्नो कर्तव्य ठान्दछ’ भनिएको छ ।
बिहिबार दिउँसोे ३ बजे राजधानीको शान्तिबाटिकाबाट शुरु हुने विरोध प्रदर्शन र ४ बजे सुन्धारामा विरोध सभामा हुन कार्यक्रममा सहभागिता लागि आम जनसमुदायलाई आपिल समेत गरेको छ ।
माओवादीका प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञाप्तीको पूर्ण विवरण यस प्रकार रहेको छ – “राष्ट्रिय महामारीको रुप लिन थालेको जाजरकोट जिल्लाको पैक गाविसबाट शुरु भएको प्राणघातक स्वाइनफ्लू रोग आजसम्म आईपुग्दा कालिकोट, रुकुम, दैलेख, सुर्खेत, अछाम र जुम्ला गरी सात जिल्लामा फैलिई कालिकोटमा १ गरी २८ जना नागरिकको मृत्यु र हजारौं संख्यामा बिरामी बनाएको छ । सर्वप्रथम मृतकहरुप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ र बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
राष्ट्रप्रमुख र राज्य संचालनमा रहेका व्यक्ति विभिन्न कार्यक्रममा विदेश पुगेका अवस्थामा देशमा कुनै घटना–परिघटना र दुर्घटना हुँदा कार्यक्रम छाडेर देशमा फिर्ता हुन्छन् । तर, कथित लोकतान्त्रिक सरकारका प्रधानमन्त्री देशमा डरलाग्दो रोगको प्रकोप फैलिई त्यसबाट दर्जनौं नागरिकको मृत्यु र हजारौं बिरामी पर्ने क्रम तीव्र भइरहेको बेला त्यसप्रति न्युनतम चिन्ता, चासो र संवेदनशीलता समेत नदेखाई विदेश भ्रमणमा निस्केका छन् । सरकार र विभागीय मन्त्री लाचार रुपमा प्रस्तुत भइरहेका छन् । जनता दिनप्रतिदिन स्वाईनफ्लूको मुखमा परी ज्यान गुमाइरहेका छन् भने हजारौं संख्यामा बिरामी न्यूनतम उपचार नपाएर मृत्युसँग लडिराखेका छन् । रोगको प्रकृति र त्यसको फैलिँदो गतिलाई दृष्टिगत गर्दा अब पनि नियन्त्रण नगर्ने हो भने सिङ्गो नेपाली नागरिक स्वाईनफ्लूको महामारीको शिकार हुनुपर्ने खतरा र आतंक व्याप्त बन्दै गइरहेको छ । राष्ट्रको यो गम्भीर अवस्थामा सरकारलाई जिम्मेवार बनाउन आमरुपमा खबरदारी गर्नु हाम्रो पार्टीले आफ्नो कर्तव्य ठान्दछ ।
तसर्थ, उक्त कार्यका लागि हाम्रो पार्टीको आयोजनामा २०७२ बैशाख १० गते दिउँसो ३.०० बजे राजधानीको शान्तिबाटिकाबाट शुरु हुने विरोध प्रदर्शन र ४.०० बजे सुन्धारामा विरोध सभामा हुन गइरहेको छ । अतः उक्त विरोध सभामा सहभागिता जनाउन आम जनसमुदायलई हाम्रो पार्टी विशेष अपिल गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]