कसले रोक्ने ? नेपालगन्ज मेडकल कलेजको लुट

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौँ, १० बैशाख । नेपालगन्ज मेडिकल कलेजले बिरामीको स्वास्थ्य माथि खेलबाड गर्ने गरेको स्रोतले बताएको छ । मेडिकल कलेजको आईसियू जस्तो संवेदनशिल कक्षमा लापरबाही देखापरेको छ । २१ औँ शताब्दीमा पनि करीव २० वर्ष पुरानो भेन्टिलेटर राखेर आइसियू कक्षलाई डेथ क्रेज कक्षका रुपमा परिणत गराएको कुरा खुलाशा भएको छ । उक्त मेशीन चलाउन जान्ने दक्ष डाक्टर समेत नभएका कारण विरामी हरुलाई ठुलो असर पर्ने गरेको स्रोतले बताएको छ । आइसियू जस्तो संवेदनशिल ठाँउमा त्यसो हुनु भनेको अस्पतालको चरम लापरवाही भएको वताइन्छ । भेन्टिलेटर जस्तो संवेदनशिल मेशिन चलाउने एकजन मात्र डाक्टर भएपनि उनिले दुबै ठाँउ नभ्याउने बताईन्छ ।स्रोतकाअनुसार बिरामीको पैसा मात्र लग्ने र ज्यानमाथीनै खेलबाड गर्ने गरेको बताईन्छ । यस सम्बन्धी तालीम प्राप्त डाक्टर आई सि यु मा नभएको बताइएको छ । आइ सि यु कक्षमा बेड संख्या बडी र हेर्ने स्टाफहरु कम भएको समेत बताईएको छ । चर्को दलालीका कारण गुणस्तरीय सुबिधा दिना नसकेको पनि बताईएको छ ।अस्पताल जस्तो संबेदनशिल ठाँउमा खुल्ला राजनिती पनि हुनेगरेको बताईएको छ ।
उक्त हस्पीटलमा अध्यनरत एक बिद्यार्थीकानुसार बिद्यार्थी भर्ना गर्दा नम्वर र दक्षताका आधारमा नभई पैसाको भरमा हुनेगरेको बताएकाछन ।
नेपाली बिद्यार्थीको तुलनामा इन्डियन बिद्यार्थीहरुलाई बडी पैसा लिएर भर्ना गरेको । समेत बताईएको छ ।तोक्दा २७ लाख देखी ३० लाख तर लिने गरेको ४५ लाख देखी ५० लाख सम्मा खुलेआम लिनेगरेको र अस्पताल भित्र भयंकर राजनिती हुने गरेको समेत बताईएको छ ।
उक्त अस्पतालमा कार्यरत कर्मचारी मध्य नेपाली काँग्रेस सम्बद्द कर्मचारीहरुलाई हरेक कुरामा सयल र सुबिधा दिईएको तर त्यसको तुलनामा अरुलाई हेप्ने गरेको एक पिडित कर्मचारीले बताएका छन ।कांग्रेसका एक नेता लाई प्रयोय गरेर स्वस्थ्य शिबिरका नाममा कयौँ रकम हिनामिना गरेको स्रोत बताउछ । स्रोतकाअनुसार हस्पीटल सेवाको नाममा चर्को दलालीकरण र ब्यपारीकरण भएको बताईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]