माओवादी बागलुङद्धारा ८४ रोपनि जग्गा कब्जा

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौँ, १० बैशाख । नेकपा माओवादीले बागलुङको ढोरपाटनमा ८४ रोपनि जग्गा कब्जा गरेको घोषणा गरेका छ ।माओवादीले जिल्लाको पर्यटकीय स्थल ढोरपाटनमा बैंकर देवि भट्टचनको जग्गा कब्जाको घोषणा गरेका हो ।प्रभु बैंकका अध्यक्ष रहेका भट्टचनको बोवाङ ९ मा रहेको ८४ रोपनि जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको सेक्रेटरी विकिरणले बताए । शक्तिको प्रयोग गरेर सर्वसाधरण र सरकारी जग्गालाई भट्टचनले आफ्नो नाममा दर्ता गरेकाले जग्गा कब्जा गरेको विकिरणले दावि गरे ।
विक्रम संम्बत २०३९ सालमा होमबहादुर भट्टचन गाविस अध्यक्ष भएको बेलामा देविले त्यहाँका दलित र तिब्बतीयन शरणर्थी बसेको जग्गा आफ्नो नाममा पास गरेरेकोले कब्जा गर्नुपरेको उनको जिकिर थियो ।
कब्जा गरेको जग्गा जनताले भोगचलन गर्ने माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङका अध्यक्ष रामबहादुर कुँवरले बताए । हाल सो जग्गाको मुल्य करिब ८४ लाख पर्ने स्थानियबासीले बताएका छन् ।
बागलुङको तमानका बासिन्दा रहेका भट्टचनको जग्गामा जिर्ण अवस्थामा रहेको एक घर र स्याउको बोट रहेका छन् । जग्गामा पार्टीको झण्डा गाडेपछि स्थानिय ढोरपाटन सामुदायिक लजमा कार्यक्रमको आयोजना गरि ढोरपाटनबासीलाई जग्गा कब्जा गर्नुको कारणका बारेमा जानकारी गराएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]