भूकम्प पिडितको उद्दारमा लागौ : प्रकाण्ड

काठमाडौं, २९ बैशाख ।मंगलबार आएको पछिल्लो भूकम्पमा परी पिडित भएका सम्पूर्णको उद्दारमा लाग्न नेकपा माओवादीले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।माओवादी प्रवक्ता प्रकाण्डले एक बक्तब्य जारी गर्दै यस्तो निर्देशन दिएको जनाएका छन् ।बक्तव्यमा भनिएको छ गत १२ गते गएको भूकम्पमा परि देशले ठुलो नोक्सानी बेहोरिरहेको सन्दर्भमा फेरी मंगलबार अर्को भूकम्प गएको छ ।आजको भूकम्पमा परि ज्यान गुमाउने सबै प्रति हाम्रो पार्टी हार्दिक श्रदान्जली व्यक्त गर्दछ साथै भूकम्प पीडितको उद्दारमै रहेको बेला फेरी आएको भुकमपामा परि घाइते भएका आफ्नो पार्टीका रामेछाप जिल्ला सचिव इन्द्रकुमार श्रेष्ठ लगायत सम्पूर्ण घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
भूकम्पबाट भत्किएको रामेछापको एक घरमा पुनर्निर्माण कार्यमा लागिरहेका बेला अचानक ठूलो भूकम्प आएपछि मर्मतकार्य भइरहेको घरबाट लड्दा माओवादी नेता श्रेष्ठका दुवै खुट्टा भाँचिएका छन् । माओवादीले आफ्ना सम्पूर्ण पार्टी कार्यकर्ता र शुभ चिन्तकहरुलाई विपदको बेला धैर्य गरेर विपत्तिको सामना गर्न समेत अनुरोध गरेको छ ।