विप्लवद्वारा राहत वितरण

काठमाडौ । नेकपा माओवादीले सिन्धुपाल्चोक जिल्लाको सागाचोक गाबिसको भिमटारका भूकम्पपीडितलाई राहत बितरण गरेको छ । काठमाडौँबाट बोकेर ल्याएको राहत सामाग्री पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वितरण गरेका हुन ।राहत वितरणमा बोल्दै महासचिव विप्लवले पीडितहरुसँग दुःख साट्न आफूहरु गाउँमा आएको बताए । भूकम्पीपीडितको लागि पार्टीले पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गरेको उनले सो अबसरमा जानकारी दिए ।दुवै भुकम्पका पीडितहरुको उद्दार, राहत र पुर्ननिर्माणमा आफूपनि जनतासँगै रहेको बतए । कार्यक्रममा नेवा ताम्सालिङ ब्युरो इन्चार्ज असारे काका, नेवा इन्चार्ज अनिल, ताम्सालिङ इन्चार्ज चिरन, जिल्ला इन्चार्ज बाबुरामको उपस्तिथि रहेको थियो ।