चीनले जित्यो नेपालीको मन

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं । गत बैशाख १२ गतेको विनासकारी भुकम्पपछि उद्दारका लागि भारतीय र चिनिया सहयोग टोलीहरू काठमांडू आइपुगे । उद्दारमा आएका भारतीय टोलीको कार्यप्रति नेपालि जनताको चर्काे बिरोध सुनियो तर चिनिया टोलीको कार्य सबले सह्रानिय भन्दै प्रसंसा गरे । प्राकृतिक विपत्तिका क्रममा उद्धार गर्न आइपुगेका दुई छिमेकी राष्ट्रमध्ये चिनियाँप्रति नेपाली समुदायले बढी सम्मान प्रकट गरेका छन् । भूकम्पपछि आएका ‘चिनियाँ अन्तर्राष्ट्रिय सर्च एन्ड रेस्क्यु टिम (सीआईएसएआर)’ उद्धारपछि स्वदेश फर्किसकेका छन् । तर, उनीहरूले लगाएको गुण र हार्दिकताबारे सामाजिक सञ्जाल, बाटोघाटो र चौतारोमा बहसको बिषय बन्न पुगेको छ । विपत्तिको समयमा अनुशासित ढंगले गरेको सहयोगका कारण चिनियाँप्रति नेपाली समुदाय कृतज्ञसमेत जनाईरहेका छन् । दुई हप्ताको उद्धार कार्यपछि ६२ सदस्यीय ‘सीआईएसएआर’ प्रतिनिधि अघिल्लो शनिबारनै स्वदेश फर्किसकेको छ । तर, सो टोलीको चुस्त र भरपर्दाे सहयोगका कारण अहिले चीनप्रतिको नेपाली दृष्टिकोण झन् सकारात्मक बन्न पुगेको छ ।
गत बैशाख १३ गते नेपाल आएका ‘सीआईएसएआर’ले दुई जनालाई जिउँदै उद्धार गरेको थियो साथै, करिब तीन हजार घाइतेको उपचार गरेको थियो । उनीहरूले भत्किएका करिब ४ सय ३० घरसमेत सफा गरेका थिए । यस अलावा चिनियाँ जनसेनाले खासाबाट प्रवेश गरी सिमाना नजिकको तातोपानी–लिपिङलगायत अरनीको राजमार्गमा थुप्रिएको पहिरो र अवरोध हटाइदिएको थियो । उनीहरूले सीमानजिकको लिपिङबाट नयाँपुलसम्मको १२ किमी लामो बाटोको अवरोध हटाउन नेपाली पक्षलाई सघाएका थिए ।
यसविपरीत विपत्तिमा सहयोग गर्न आइपुगेका भारतीय टोली र मिडियाचाहिँ बढी आलोचित हुन पुगेको छ । भारतीय हेपाहा प्रवृत्तिका कारण उसले नेपालीको मन त जित्न सकेन नै, उल्टो सामाजिक सञ्जाल र नेपालका केही स्थानमा विरोधको सामनासमेत गर्नुप¥यो ।
यसबारे भारतीय पत्रकार ज्योति मलहोत्रा भारतीय च्यानलहरूले नेपालीसँगको सम्बन्धमा दरार पैदा गर्ने काम गरेको स्वीकार्छन् । विपतको समयमा अशिष्टतापूर्वक प्रस्तुत हुनाले भारतीय मिडियाले सम्बन्ध बिगारेको पत्रकार मलहोत्राको दाबी छ । उनले भारत–नेपाल सम्बन्धबारे ‘डैलीमेल’को इन्डियन संस्करणमा लेखै लेखे ।
तीनतिर नेपालसँग खुल्ला सिमाना जोडिएको भारतीय उद्धार टोलीको कार्य फितलो रहनाले पनि नेपालीको मन जित्न असमर्थ रहेको हो । यसका बाबजुद भारतीय उद्धार टोली मन्दिर दर्शन, सपिङ र घुमघाममै रहेको तस्बिर सार्वजनिक हुनाले पनि उनीहरू नेपाली दिलमा अट्न नसकेका हुन् । साथै, नेपाली अधिकारीसँगको समन्वयबिना जथाभावी हेलिकप्टरको उडान भर्नु र ग्रामीण क्षेत्रबाट मानवीय उद्धारका लागि तयार नरहनुले पनि भारतीयप्रति नेपाली सशंकित बन्न पुगेका हुन् । यतिमात्रै नभएर भारतीय क्षेत्रमा आएका कतिपय राहत सामग्रीसमेत कच्चा र काम नलाग्ने खाले भेटिनु भारतीय उद्धार टोलीले मन जित्न नसक्नुको कारण हो ।जबकि चीनबाट प्राप्त राहत सामग्रीसमेत दरिलो र भरपर्दाे छ । यसैकारण हालसम्म चीनबाट सहयोगस्वरूप दिइएको पाल र टेन्टको माग बढिरहेको छ ।
यससँगै उदाउँदो दुई शक्तिशाली छिमेकी राष्ट्रको नेपाल नीतिसमेत छर्लंगिँदै गएको छ र नेपालीले समेत विपतको बेला छिमेकीलाई चिन्ने मौका पाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]