‘ लिपुलेक ज्यान गए छोड्दैनौँ ‘

काठमाडौँ, २५ असार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली भूमी लिपुलेकमाथि धावा बोलिएकोमा तिब्र रोष प्रकट गरेका छन् । विप्लवले नेपालको स्वाधिनता र जनताको अधिकार प्राप्त नभएसम्म आफूहरु संघर्षमा मैदानबाट फिर्ता नहुने उदघोष गरेका छन् । माओबादीले राजधानीमा निकालेको जनप्रर्दशनलाई सम्बोधन गर्दै महासचिब चन्द विप्लवले उक्त उदघोष गरेका हुन् ।
“नेपाली भूमी लिपुलेकमाथि धावा बोलिएको छ । सरकार बोल्दैन । नेपाली जनताले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारलाई खोसी पछाडि फर्केर पूरानै संविधान लाद्ने चेष्टा भइरहेको छ”, महासचिव विप्लवले अगाडि भने, “नेपाल पूर्ण स्वाधिन र नेपाली जनता अधिकार सम्पन्न नभएसम्म संघर्ष जारी रहन्छ ।”
भारत र चीनबीच लिपुलेकबारे भएको सहमति र चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको खारेजीको माग गर्दै शुक्रबार काठमाडौँको भएको विरोध कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपाल र नेपाली जनतालाई कसैले हेप्न खोजे आफूहरुले त्यसको जवाफ दिने बताए । नेपाली शासक वर्ग कुर्सीको लागि देशमाथि आक्रमण हुँदा समेत चुप लागेर बसेको आरोप विप्लवले अाराेप लगाए । “आफू कर्सीबाट हट्नुपर्छ कि भन्ने डरले आफ्नो देशमाथि विदेशीले हस्तक्षेप हुँदासमेत यहाँका शासकहरु बोल्न सक्दैनन्” विप्लवले भने । आफू बरु बलिदान गर्न तयार तर विदेशी हस्तक्षेप र जनताको अधिकार खोसेको हेर्न नसक्ने बताए उनले बताए ।
एक अर्को प्रसंगमा महासचिव विप्लवले आफूहरुले युद्ध नचाहेको बताए । “हामीले युद्ध चाहेका छैनौँ । सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र बसेर षड्यन्त्र गर्नेहरुले नै युद्ध चाहेका छन् । हामीहरुले जनताका अधिकार माग्दा उनीहरु युद्धको धम्की दिन्छन् भने हामी पनि तयार छौँ” विप्लवले भने । जनयुद्धसँग संसदीय व्यवस्थाले हारिसकेको भन्दै विप्लवले पुनः त्यही व्यवस्थालाई लाद्न खोजे आफूहरुले नमान्ने बताए ।
नेपाली काँग्रेस र एमालेले रोल्पामा माओवादीसँग गरेको सहमतिबाटपछि हटेकाले समस्या पैदा भएको भन्दै सम्झौतामा इमान्दार नभए अर्को युद्धको सामना गर्नुपर्ने विप्लवले चेतावनी दिए । “जनयुद्ध सुरु गर्नुभन्दा पहिले नेपाल संसदीय व्यस्था थियो । जनयुद्धको क्रममा ८० प्रतिशत भूभागमा जनवादी सत्ताले ठाउँ लियो र संसदीय व्यवस्थाले हार्यो । अहिले फेरी हारेको व्यवस्थालाई लाद्न खोजिदैछ । माओवादीले कदापी मान्दैना” उनले भने ।
कार्यक्रममा विप्लवले एकदुई जना माओवादी नेताहरु करोपति हुँदैमा माओवादी आन्दोलनको उद्देश्य पूरा नभएको बताए । “हामीले नेता मानेका केही व्यक्तिले महल बनउदैमा, उनीहरु विदेशीको अगाडि झुक्दैमा माओवादी आन्दोलन रोकिदैन । माअाेवादी भनेकाे कुनै व्यक्ति हाेइन । याे विचार र दृष्टिकाेण हाे” उनले भने ।
देश भूकम्पको पीडा भएको बेला त्रिपाल, चामल, जस्ता लुट्ने र विदेशीसँग हात थाप्नेहरु सिंहदरबारमा हुँदासम्म देशको प्रगति नहुृँने विप्लवले बताए । सम्पूर्ण भ्रष्टाचारको विवरण आफूहरुले संकलन गरिरहेको भन्दै भ्रष्टाचारीहरुले बाजा बजाएर गाउँ-शहरबा लखेट्ने अभियान छिटै सुरु गर्ने उनले बताए ।
कार्यक्रममा पार्टी प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले जनताले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारलाई खोस्दा टुलुटुलु हेरर बस्ने नसक्ने बताए । “जनयुद्धमा बलिदान गर्नेलाई अपराधीकरण गर्न खोजिदैछ । केहीले गद्धारी गरेपनि माओवादी आन्दोलन रोकिदैन । राष्ट्रिय स्वाधिनता र जनताको अधिकार प्राप्त नभएसम्म माअाेवादी अान्दाेलन जारी रहन्छ” प्रवक्ता प्रकाण्डले भने ।
त्यसैगरि अर्को स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले सीमामा हस्तक्षेप हुँदा चुप लागेर बस्ने तर अधिकार माग्दा नेपालीमाथि बन्दुक धम्की दिनुको साटो सुरक्षाकर्मीलाई सीमामा पठाउनु पर्ने बताए । बास्तोलाले आफूहरुले काँग्रेस र एमालेसँग सहकार्य गर्दै नयाँ नेपाल निर्माणको लागि तयार भएपनि उनीहरुले धोका दिएको भन्दै पुरानै व्यवस्था जबरजस्त लाद्न खोजेको आरोप लगाए ।
लिपुलेक हाम्रो हो, बैदेशिक हस्तक्षेप बन्द गर, १६ बुँदे सहमति खारेज गर भन्दै राजधानीका विभिन्न ठाउँमा शान्ति बाटिकामा पुगेर विरोध र्याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।