एनट्यागमा थापा र पन्थी आतंक

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समुह एनट्यागमा अध्यक्ष सुन्दरमान श्रेष्ठ, कार्यक्रम प्रवन्धक दिपक थापा र बोर्ड सदस्य मोहन पन्थीले आर्थिक अनियमितता गरी आतंक मच्चाएको एनट्याग सम्बद्ध स्रोतले बताएको छ । एनट्यागमा अध्यक्ष श्रेष्ठ, प्रवन्धक थापा र वोर्ड सदस्य पन्थीले बोर्ड भित्रका अन्य वोर्ड सदस्यलाई प्रभावमा पारेर परियोजनाबाट आएका रकमहरुमा व्यापक अनियमितता गर्ने गरेको स्रोतले बताएको छ । कार्यक्रम प्रवन्धक थापाले बोर्ड अध्यक्ष रहेका अर्थमन्त्रालयका पूर्व कर्मचारी सुन्दरमान श्रेष्ठ, वोर्ड सदस्य सागर सिजापति र मोहन पन्थी सहितकालाई प्रभावमा पारेर निर्णयहरु अनुमोदन गराउने र फर्जि विल पेश गरी व्यापक आर्थिक अनियमितता गर्ने गरेको स्रोतको दावी छ । प्रवन्धक थापाले एनट्यागका कर्मचारीलाई भन्दै आफ्ना नातागोता र आसोपासेलाई ४१ वटा ल्यापटप बाडेको स्रोतले बताएको छ । स्रोतका अनुसार एनट्यागबाट ल्यापटप लिने कर्मचारीहरु यस प्रकार रहेका छन् ।
अछाम प्रदिप अर्याल, अर्घाखाची मिलन लोप्चन, बाग्लुङ अम्ल श्रेष्ठ, बैतडी दिनेश भण्डारी, बझाङ अशोक रावल, बाजुरा प्रेमराज जोशी, बाँके अवन्तिका प्रियादर्शनी, बर्दिया हरिगेन्द्र सिंह, भोजपूर सबिर ओझा, डडेलदुरा सन्ध्या गुरुङ, दैलेख कृष्णप्रसाद सापकोटा, दाङ भरत केसी, दार्चुला इश्वर कोइराला, दोलखा सन्देश अधिकारी, डोटी नविन आचार्य, गोरखा श्रद्धा मानन्धर, गुलमी किरण श्रेष्ठ, जाजरकोट लोकराज जोशी, कैलाली प्रकृति पन्त, कन्चनपूर वीरबहादुर बोहरा, कपिलवस्तु कमला पोखरेल, लमजुङ मणी न्यौपाने, मनाङ बिराट घिमिरे, मुस्ताङ श्रुती कोइराला, म्याग्दी अनिता महतरा, नवलपरासी इश्वर तिवारी, नुवाकोट उपेन्द्र बोगटी, पाल्पा चित्रकान्त सुवेदी, पर्वत कमिन्द्रजङ गुरुङ, प्युठान केशव सन्जेल, रसुवा दीपा चिमोरिया, रोल्पा रोहित आचार्य, रुकुम लोकमणी गिरी, रुपन्देही जुनु श्रेष्ठ, सल्यान हरिप्रसाद उपध्याय, शंखुवासभा पर्वत रोक्का, सिन्धुपाल्चोक बिमल सुवेदी, सोलुखुम्बु टंक पन्त, सुर्खेत मनकुमारी सापकोटा, स्याङ्जा सुर्य उप्रेती, ताप्लेजुङ रोमी याता सुनुवार रहेका छन् ।
माथि उल्लेखित व्यक्तिहरुले ल्यापटप बुझेको एनटयगमा रेकर्ड भए पनि वास्तविक ल्यापटप हाता पार्ने व्यक्तिहरु भने अन्य रहेको स्रोतको ठोकुवा छ । एनट्यागका प्रवन्धक थापा, अध्यक्ष सुन्दरमान श्रेष्ठ, वोर्ड सदस्य मोहन पन्थी र सागर सिजापति लगायतले आफ्नो निर्णयको विरोध गर्ने र आर्थिक अनियमितताको विरुद्ध आवाज उठाउने कर्मचारीलाई हटाउने प्रकृया सहज पार्न पहिला आफूहरु सबैले जागिर छाडेको देखाउन नक्कली राजीनामा पत्र बनाएका थिए । त्यो पत्र अझै पनि उनीहरुले आफैसगँ राखेको एक बोर्ड सदस्यले बताए । तर प्रवन्धक थापा र वोर्ड अध्यक्ष श्रेष्ठ सहितले आर्थिक अनियमितता विरुद्ध आवाज उठाउने कर्मचारीलाई हटाईसके पछि फेरी उनीहरुले आफूले आफैलाई पुनर्वहाली गरेको स्वघोषणा गरी एनट्यागमा ब्रम्हलुट गरीरहेको स्रोतको दावी छ । एनटयगमा जिम्मेवारी सम्हाल्दै आएका पदाधीकारी र हालका कार्यक्रम प्रवन्धक थापा, अध्यक्ष श्रेष्ठ र केही बोर्ड सदस्यहरुले सेटिङ मिलाएर व्यापक आथिर्क चलखेल गरीरहेको कर्मचारीहरुको भनाई छ । उनीहरुले नक्कली विल भरपाई प्रयोग गर्ने गरेको कर्मचारीहरुको ठोकुवा छ ।
कर्मचारीहरुलाई आर्थिक बचत गर्ने भन्दै तालिम कार्यक्रमहरुमा कार्यलयमै खसी काट्ने र केही सहभागीलाई खानासँग खुवाइ बाँकी प्रवन्धक दिपक थापा, अध्यक्ष श्रेष्ठ, वोर्ड सदस्य मोहन पन्थी र सागर सिजापतिले घर लैजाने गरेको एक कर्मचारीले दुखेसो पोखे । सो संस्थाले पोÈण सम्बन्धी अमेरीकी सहयोग नियोग युएसएआईडी मार्फत सञ्चालित सुआहारा कार्यक्रम अन्तर्गत विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । यस्ता तालिमका नाममा समेत प्रपोजल राईटर र कन्सलटेन्ट मात्र आफू भएको बताउने दिपक थापा, बोर्ड सदस्य मोहन पन्थी लगायतकाले मिलेर फर्जि बिलहरु पेश गरी आथिर्क अनियमितता गर्ने गरेको स्रोतको दावी छ । एनट्यागमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा विभिन्न पत्रपत्रिका र अनलाईनमा समाचार सार्वजनिक भए पछि प्रवन्धक थापा सहितका पदाधीकारीहरु कर्मचारीहरुमाथि विशेष निगरानी बढाउन थालेको एक कर्मचारीले बताए । उनले नाम उल्लेख नगर्न अनुरोध गर्दै प्रवन्धक थापा र वोर्ड सदस्य पन्थी सहित अन्य केही बोर्ड सदस्यले मिलेर आथिर्क अनियमितता गर्ने र सो सूचना बाहिर चुहाउने को हो भन्दै सूचना दिने सवारी चालक देखि रिसेप्सनमा रहेकाहरुलाई समेत जागिरबाटै हटाईदिने धम्की दिने गरेका बताए । साथै उनले प्रवन्धक थापा सहितका पदाधिकारीको धम्कीबाट आपूm नडराउने र एनट्याक भित्र भएको अनिमियतता जसरी पनि सार्वजनिक गरेरै छाड्ने र एनट्याकका भ्रष्टाचारीलाई कानुनको कडघरामा उभ्याएर छाड्ने ठोकुवा समेत गरे ।