पुँजिवादी संस्कारमा गरिने विवाहले महिलालाइँ दास बनाउछ: विप्लव

काठमाडाैँ, ३० असार । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मदन भण्डारीको बहुदलीय जनवाद प्रचण्ड बाबुरामले ल्याएको २१ औं शताव्दीको जनवाद भन्दा अग्रगामी खालको भएको बताउनु भएको छ । महासचिव विप्लवले पुँजीवाद संस्कारले महिलालाइँ बस्तुकाे रूपमा प्रयाेग गर्ने गरेकाे बताएका छन् । ‘सामन्तवादी र पुँजिवादी संस्कृतिले महिलालाइँ अाफ्नाे स्वार्थ पूरा गर्ने साधन बनउँछ । दाइजाेकाे कारणले हत्या गर्ने गरिएकाे छ’ विप्लवले भने ।
मंगलबार संवाद डबलीमा पत्रकार धनन्जय बुढाकाे जनवादी विवाह कार्यक्रममा बाेल्दै महासचिवले साे कुरा बताएका हुन ।संवाद डबली मिडिया क्लवकाे कार्यक्रम संयाेजक तथा डबली न्युजका सह-सम्पादक बुढा र सिन्धुपाल्चाेक निवासी पवित्रा दाहालबीच जनवादी विवाह भएकाे थियाे ।
‘पुँजिवादी संस्कारमा गरिने विवाहले महिलालाइँ दास बनाउछ भने जनवादी सस्कारभित्र गरिने विवाहले अाफ्नाे जीवनकाे लागि मात्र नभए अान्दाेलनलाइँ टेवा पुर्याउदै देशलाइँ नै याेगदान दिन्छ’ विवाहित जाेडिलाइँ बधाइ तथा शुभकामना दिँदै विप्लवले भने ।
साेही कार्यक्रममा बाेल्दै विप्लवले कम्युनिस्ट जति उदार भएपनि पूरानाे सत्ता कहिलै उदार हुँदैन भन्दै पुरानाे सत्ता विरूद्ध युवाहरूलाइँ कठाेर हुँन अाग्रह समेत गरे । विप्लवले अगाडि भने, ‘हामी कम्युनिस्ट जित उदार भएपनि पुँजिवादी अथवा पूरानाे सत्ता पटक्कै उदार हुँदैन । हामी कम्युिनिस्टहरू पनि पूरानाे सत्ता विरूद्ध कठाेर हुँनुपर्छ ।’ महासचिव विप्लवले युवाहरूका सुन्दर सपनाहरूकाे अभिभावक बन्न अाफूहरू तयार रहेकाे बताए ।