विप्लव माओवादीको प्रेस संयोजकमा रावल

२०७२ असार ३० गते, बुधबार

काठमाडौँ, ३० असार । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को प्रेस संयोजकको रुपमा पत्रकार दिपेन्द्र रावललाई नियुक्त गरिएको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार एक विज्ञाप्ति जारी गरी रावललाई प्रेस संयोजकमा नियुक्त गरेको जानकारी गराएका छन् ।
पार्टी प्रवक्ताद्वारा जारी गरिएको विज्ञाप्तिमा “हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीको पार्टी प्रवक्ताको प्रेस संयोजकको जिम्मा जनपत्रकार दिपेन्द्र रावललाई दिएको विषय सम्पूर्ण सञ्चार जगत र आम जनसमुदायमा जानकारी गराउँद छौ” भनिएको छ ।
लामो समयदेखि जनपक्षिय पत्रकारिता गर्दै आएका रावल संवाद डबलीका सचिव तथा डबली न्युजका डटकमका सम्पादक हुन् । रावल नेपाल पत्रकार महासंघ ललितपुरका पार्षद एवं क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रियाहरु

[anycomment]