साउन ८ गते नेपाल बन्द

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाण्डौ, १ साउन । नेकपा माओवादीले आगागी साउन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । हालै प्रमुख ४ दलहरुले गरको १६ बुदे सहमती र लिपुलेक सम्झैता बिरुद्धको संघर्ष स्वरुप माओवादीले बन्दको आव्हान गरेको हो । पार्टिका काठमाण्डौ जिल्ला सेक्रेटरी पुष्कर श्र्रेष्ठ र काठमाण्डौ जिल्ला ईन्चार्ज धनबहादुर महर्जनद्धारा संयुक्त जारी गरिएको बिज्ञप्तिमा भनिएको छ,
“पछिल्लो समयको राजनितिक घटनाक्रम, चिन र भारतविचको लिपुलेक सम्झैता, बैशाख १२ गते गएको भुकम्पबाट पिडितको राहतमा भएको भ्रष्टाचार जस्ता कुकृत्य, राष्ट्रघात, दलाली र भ्रष्टाचारका बिरुद्ध हाम्रो पाटिले यही श्र्रावण ८ गते नेपाल बन्दको आव्हान गरेको छ । ”
आफ्नो संघर्षको कार्यक्रममा साथ दिन माओवादीले सबै पक्षसंग आग्रह समेत गरेको छ । बिप्लब माओवादीले पछिल्लो समयमा लिपुलेक सम्झौता र १६ बुदे सहमती बिरुद्ध बिभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]