एनट्यागका भ्रष्टहरु शक्तिकेन्द्र धाउँदै

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एनट्याग) मा आर्थिक अनियमितता गर्ने पदाधिकारीहरु आफ्नो बचावटको लागि विभिन्न शक्ति केन्द्र धाउन थालेको बुझिएको छ । आपूmहरुले एनट्यागभित्र गरेका अनियमितताहरु शृंखलाबद्धरुपमा विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा सार्वजनिक हुन थाले पछि कार्यक्रम प्रवन्धक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापति विभिन्न राजनीतिक दल र संघसंस्थाका शक्ति केन्द्र गुहार्दै हिँडेको बुझिएको छ । एनट्यागमा ब्यापक आर्थिक अनियमितताका साथै ल्यापटप, मोटरसाइकललगायत विभिन्न गोष्ठी, कार्यशाला र प्रचार–प्रसार सम्पन्न गरेको नक्कली बिल बनाएर व्यापाक अनियमितता गरिरहेको समाचार सार्वजनिक भएपछि अत्तालिएका एनट्यागका कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापति विभिन्न शक्तिकेन्द्र गुहार्दै हिडेका हुन् । अघिल्लो हप्ता एनट्यागले ४१ वटा ल्यापटप बाँडेको नामावली पत्रिकामा प्रकाशित भएपछि ल्यापटप नपाएका तर आफ्नो नाममा ल्यापटप बुझेको विवरण राख्ने कार्यशैलीप्रति सम्बन्धित व्यक्तिहरुले आपत्ति जनाएको सम्बद्ध स्रोतले बताएको छ । एनट्यागमा ४१ वटा ल्यापटप, १६ वटा मोटरसाइकल र हालै सम्पन्न भिटामिन ‘ए’ कार्यक्रममा प्रचार–प्रसारका नाममा लाखौँ रुपैयाँ अनियमितता गरेपछि कार्यालयकै कर्मचारीहरु पदाधिकारीसँग रुष्ट भएको स्रोतको दाबी छ । एनट्यागका कर्मचारीहरुले अहिले कार्यालयका १६ वटा मोटरसाइकलको अवस्था र भिटामिन ‘ए’ कार्यक्रमको क्रममा प्रचारप्रसार र यस आ. व. ले सम्पन्न गरेका कार्यक्रमहरुको सम्पूर्ण खर्चको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको स्रोतले बताएको छ । तर, आपूmहरुको मागको एनट्यागका पदाधिकारीले कुनै सुनुवाई नगरेपछि आपूmहरु बाध्य भएर मिडिया गुहार्न पुगेको एक कर्मचारीले बताए ।
यसअघि एनट्यागभित्र भएको अनियमितताको बारेमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दर्ता गराएका व्यक्तिलाई कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिलगायतका पदाधिकारीको टोलीले सो निवेदन फर्जी भएको भन्न बाध्य गराई सो उजुरी फिर्ता लिन बाध्य पारेको एक कर्मचारीले बताए । उनका अनुसार एनट्याग भित्र भएको अनियमितताको कुरा उठाउने कर्मचारीलाई फकाउने र नमाने धम्क्याउने साथै विभिन्न आरोप लगाएर जागिर छोड्न बाध्य पार्ने गरेको बुझिएको छ । एनट्यागभित्र भएका भ्रष्टाचारहरु सार्वजनिक हुन थाले पछि कार्यक्रम प्रवन्धक दिपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिलगायतका पदाधिकारीहरु हरेक कर्मचारीमाथि निगरानी बढाउन थालका एक कर्मचारीले बताए ।