माओवादीद्वारा निर्माणाधीन फर्म कब्जा

काठमाडौ । विभिन्न खाले अनैतिक कार्य विरुद्ध संघर्षको कार्यक्रम चलाउँदै आएको नेकपा माओवादीले स्याङ्जामा खुमा अर्यालको निर्माणाधीन करोडौंको फर्ममा झण्डा गाडेर कब्जा अभियान थालेको छ ।
स्याङ्जा जिल्ला खिलुङ्गदेउराली ९ का खुमा अर्याललाई विभिन्न स्थानमा सार्वजानीक जग्गा जमिन अतिक्रमण गरेको, सामाजिक हितविपरित अनेक हर्कत गरेको , आफ्नो निहित स्वार्थका निम्ती वातावरणीय प्रदुषण फैलाएको, लगायत विभिन्न अपराध गरेको हुँदा अर्यालविरुद्ध खबरदारी, चेतावनी र भण्डाफोर गरेको नेकपा माओवादी स्याङ्जाकासेक्रेटरी आक्रोशले जानकारी दिए ।खुमा अर्यालले गरेका जनविरोधी कार्यहरुलाई बुँदागत रुपमा उल्लेख गर्दै सार्वजनिक अपिल समेत निकालेर स्याङ्जा मुख्य सहरहरुमा कोणसभासहित व्यापक पर्चा बाड्ने कार्य गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार अर्यालले भर्खरै सञ्चालन गर्न लागेको नेपालकै ठूलो भनिने कालिका एग्रो फर्म निर्माण गर्दा धेरै सार्वजानिक जग्गाहरु मिचेको, कालिका उमाविको जग्गा मिच्दै सडक बनाएको लगायतका आरोपहरु लगाएर निर्माणाधीन करोडौंको लगानी लागेको कालिका एग्रो फर्म खिलुङदेउराली, हेलुको जग्गामा ब्यानरसहित झण्डा गाडेर काम अगाडी नबढाउन चेतावनी दिएको छ ।
दर्जनौ नेता कार्यकर्ता सहितको टोलीले विहान पुगेर सबै क्षेत्रमा अपिल बाड्दै मजदुरहरु, ईन्जिनियर लगायत सबै सम्बन्ध व्यक्तीहरुलाई सार्वजानीक जग्गा फिर्ता नगरेसम्म र त्यहाँस्थित जनताहसोही क्रममा मजदुरहरुलाई समेत क्षमताअनुसारको तलब नदिइएको र जनताहरुले पटकपटक बैठकको लागी आग्रह गर्दासमेत वेवास्ता गरेको जनगुनासो समेत आएको माओवादी स्रोतले बताएको छ ।
माओवादी खुमा अर्यालले गरेको जनविरोधी कार्यहरुलाई निम्नलिखित रुपमा बुदागत गरी सार्बजनिक गरेको छ :
१. कालिका एग्रो फर्म निर्माण गर्दा दरौं खोला वरपरको सार्वजनिक जमिन र सार्वजनिक जमिनको चौतारीमा रहेका वरपिपलका रुखहरु हटाई अतिक्रमण गरेको ।
२. हेलुबाट ठाडा खेत अर्जुनचौपारी हुँदै फलेवास जाने सार्वजनिक बाटो मिची निर्माणाधीन फर्म भित्र पारी स्थानीय जनता श्री कालिका उच्च माविमा अध्ययन गर्न आउने विद्यार्थीहरुको आवातजावत गर्ने बाटोको नामनिसान मेटाइएको ।
३. सिँचाई कुलो नास हुने गरी खोलाको प्राकृतिक धार नै परिवर्तन हुने गरी दरौं खोलामा डोजर लगाएको ।
४. विद्यालयका सरोकारवालाहरुलाई जानकारी र सहमति नगराई कालिका उमाविको खिलुङ्ग देउराली ९ स्थित को जग्गा अतिक्रमण गरी निकास सडक बनाइएको । सामाजिक नियम र मर्यादा विपरित मनपरि गरको ।
५. कालिका क्याम्पसका विद्यार्थी, शिक्षक लगायत आम समाजलाई प्रत्यक्ष असर गर्ने गरी वातावरणीय प्रदुषण फैलाउँदै फर्म चलाउन खोजिएको ।