बाजुराका एलडिओलाई कालोमोसो

काठमाडौं, १५ साउन । नेकपा–माओवादीका कार्यकर्ताले बाजुराका स्थानीय विकास अधिकारी युवराज पौडेललाई भ्रष्टाचार गरेको भन्दै कार्यकक्षमै कालोमोसो दलेका छन् । जिल्ला विकास समितिले गएको आर्थिक वर्षमा योजनाको रकम भुक्तानी गर्दा प्रत्येक उपभोक्ता समितिबाट १० देशि १५ प्रतिशत रकम मागेको भन्दै पूर्व सभासद तथा नेकपा माओवादीका जिल्ला ईन्चार्जसमेत रहेका डबलबहादुर शाहले केही कार्यकर्ताको साथमा कार्यकक्षमै पुगेर पौडेललाई कालोमोसो दलेका हुन् ।