मालपोत अधिकृत सेढाईलाइ कालोमोसाे दलियो

काठमाडौँ । नेकपा माओवादीले झापाको दमक नगरपालिकास्थित मालपोल कार्यालयमा कार्यरत अधिकृत होमनाथलाई कालोमोसो लगाएको छ । सोमबार दिउँसो कार्यकक्षमै पुगेका माओवादी कार्यकर्ता र स्थानीयहरुले कालोमोसो दलेका हुन् ।
मेची उपव्यूरो इन्चार्ज राजेन्द्र कार्कीले दिएको जानकारी अनुसार आर्थिक प्रलोभनमा परी ऐलानी जमिन व्यक्तिको नाममा गर्ने गरेको, मरेका व्यक्तिको नाममा रहेको जमिन किर्ते गरी अन्य व्यक्तिको नाममा नामसारी गरी सर्वसाधारणलाई हैरानी गरेको र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर राज्यलाई क्षति पुर्याउने काम गरेकाले कालोमोसो लगाएकाे हाे । सेढाइँलाइँ चेतावनी स्वरुप कालोमोसो दलेको कार्कीले बताए ।