दुर्गमको चामल सदरमुकाममा बेच्ने ठेकदार माओवादीको फन्दामा

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडौं, २२ साउन ।नेपाल खाद्य संस्थानको कवाडी डिपोको लागि चामल ढुवानीको जिम्मा लिएका ठेकदार कृष्ण खत्रीले सदरमुकाम मार्तडीमा चामल बिक्रि गरेपछि नेकपा माओवादीले बाजुराले पक्राउ गरी जिल्ला प्रशासनमा बुझाएको छ । खत्रीले कवाडी डिपोको ढुवानी खर्च लगेर सदरमुकाम मार्तडीका व्यपारीलाई चामल बिक्रि गरिरहेको अवस्थामा पक्राउ गरिएको नेकपा माओवादी नेता डबल बहादुर शाहले जानकारी दिए ।
कडाडी डिपोले बाजुराका रुगिन, बिछिया र बादु गाविस र हुम्लाका केही गाविसका मानिसहरुलाई लागि चामल वितरण गर्दै आएको छ ।
“लामो समयदेखि डिपोमा चामल पुगेको छैन । गाउँमा जनताहरु भोकभोकै छन् तर खत्रीले सदरमुकाममै त्यहाँको चामल वितरण गरेर बदमासी गरेकाले हामीले पक्राउ गरी प्रशासनको जिम्मा लगाइदिएको हौँ” नेता शाहले बताए । प्रशासन कार्यालयले कारवाहीलाई अगाडि बढाइसकेको छ ।
यसैबीच, बाजुरा जिल्लाका स्थानिय विकास अधिकारीले रातारात जिल्ला छोडेका छन् । भ्रष्टाचार गरेको र सेवाग्राहीलाई दुःख दिएको भन्दै नेकपा माओवादीबाट कालोमोसो लगाइपाएका स्थानिय विकास अधिकारी युवराज पौडेल लेखा र प्राविधिक इन्जिनियरलाई साथमा लिएर रातारात जिल्ला छोडेका छन् । आफ्नो चरित्रहत्या गरेको भन्दै मुद्दा दिएका स्थानिय विकास अधिकारी पौडेलले लेखा अधिकृत देव बहादुर घर्ति र प्राविधिक इन्जिनिय देवीराम पाण्डेसहित साउन १९ गते राती दुई बजे बाजुरा छोडेका हुन् । मालोमोसो लगाएको भन्दै पक्राउ परेका माओवादी नेता डबल बहादुर शाह विहान धरौटीमा छुट्दै थिए । लेखा र प्राविधिक कार्यालयका प्रमुखलाई बोकेर स्थानिय विकास अधिकारी पौडेले जिल्ला छाडेपछि लाग्दै आएको आरोप पुष्टि भएको जिल्लामा चर्चा हुन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]