लिपुलेक सम्झौता खारेज गराएरै छाड्छौ : प्रकाण्ड

काठमाण्डौ ,२५ साउन । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले लिपुलेक सम्झौता खारेज गराएरै छाड्ने बताएका छन । प्रवक्ता प्रकाण्डले भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेज नभए माओवादी जस्तो सुकै आन्दोलन गर्नपनि तयार भएको बताएका छन । उनले नेपाली भुमिमाथि भारत र चीनले ब्यापारीक नाका बनाउन सम्झौता गर्नु नेपाली राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यसको बिरुद्धमा आफुहरु जुन सुकै बाटो अपनाउन तयार रहेको बताए ।
माओवादी उपत्यका विशेष व्युरोले आज काठमाण्डौमा निकालेको बिरोध र्यालीलाई संबोधन गर्दै उनले लिपुलेकलाई जोगाउन सबै नेपालीहरु एक हुन पर्नेमा जोड दिए । प्रकाण्डले भने “लिपुलेक हाम्रो भूमि हो , लिपुकेकभन्दा ५० मिटर परसम्म नेपाली भूमी रहेको छ तर भारतले यदि हाम्रो भूमि हत्याउन खोज्छ भने नेकपा माओवादी उसैका बिरुद्ध आन्दोलन गर्न तयार छ । ” लिपुलेक नेपाली भुमि भएको र नेपाली भुमिमाथि बिदेशीको ठाडो हस्तक्षेप भईरहदा पनि सरकार मौन बसेको भन्दै यसले नेपालीहरुमा शंका उब्जाएको बताए । एसडि मुनिले नेपाली भुमि भारतको हो भनि दिएको प्रतिक्रियाको बिरोध गर्दै प्रकाण्डले त्यो सच्याउन माग गरे ।
बिरोध र्यालीलाई संबोधन गर्दै प्रकाण्डले मध्यरातमा चार दलले सहमती गरी बनाएकोे ६ प्रदेशको संघियता कुनै हालमा स्वीकार्य नहुने बताए । उनले दलहरुले जारी गर्न लागेको संबिधानले नेपालीका कुनै अधिकार नसमेटेको भन्दै यसले देशमा पुन द्धन्द निम्त्याउने ठोकुवा गरे । प्रवक्ता प्रकाण्डले नेपालमा भ्रष्टचार ब्याप्त रहेको भन्दै त्यसलाई उन्मुलन गर्न माओवादीले सुरु गरेको अभियानमा नेपाली जनताले पनि साथ र सहयोग दिने बताए ।