महानिर्देशक सुवेदीलाई जुत्ताकाे माला र कालोमोसो

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौँ, २७ साउन । नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवकले वैदेशिक रोजगार विभागका महानिर्देशक भरत राज सुवेदीलाइ कालोमोसो लगाएको छ । भ्रष्टाचार गरेको, वैदेशिक रोजगारीमा जाने कामदारबाट घुस खाएकोले चेतावनी स्वरुप कालोमोसो र जुत्ताकाे माला लगाइएकाे संगठनका अध्यक्ष दिपक चलाउँने बताएका छन् । आज बिहान कार्यालयतर्फ जाँदै गर्दा महानिर्देशक सुवेदीलाई बाटोमै रोकेर माओवादी कार्यकर्ताले कालोमोसो दलेका हुन् । माओवादीले ‘दोहोरो नागरिकता लिएको, भ्रष्टाचार गरेको आरोपमा महानिर्देशक सुवेदीमाथि कालोमोसो दलेर कारवाही गरिएको जनाएको छ । देश र जनतामाथि गद्दारी गर्ने नेता तथा कार्यकर्ताहरु आफ्नो कारवाहीको सूचीमा रहेकोसमेत माओवादीले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]