एन्ट्यागमा थापा, पन्थी आतंकले उग्ररुप लिँदै

काठमाडौँ । २२ वर्षअघि स्थापना भएको नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) अहिले कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिको भ्रष्ट कार्यशैलीका कारण धराशयी हुने अवस्थामा पुगेको छ । एन्ट्यागमा प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राष्ट्रिय सतर्कता केन्द्र र युएसआइडीमा समेत उजुरी परिसकेको विषय विभिन्न पत्रपत्रिकाबाट अनलाइनहरुमा समाचार सार्वजनिक भइसकेको छ । यसरी एन्ट्यागभित्र आपूmहरुले लुट मच्याएको विषयलाई सप्रमाण सार्वजनिक सबै निकायमा कारवाहीको लागि सप्रमाण उजुरी परेपछि आत्तिएका थापा, पन्थी र सिंजापति अहिले आपूm मातहतका कर्मचारीलाई धम्काउने खेलमा लागेको पीडित कर्मचारीहरुले बताएका छन् । अनलाइन र पत्रपत्रिकामा प्रकाशित भएको समाचार पढेकै विषयलाई लिएर अहिले कतिपय कर्मचारीले जागिरबाट हात धुनुपर्ने स्थिति आएको ती पीडित कर्मचारीहरुको भनाइ छ । उनीहरुका अनुसार आफ्नो कार्यालयमा भएको भ्रष्टाचारको विषयमा पत्रपत्रिकामा समाचार प्रकाशित भइरहेको छ भनेर प्रबन्धक थापालाई जानकारी गराउँदा उल्टै सूचना तिमीहरुले दिएको हो भन्दै जागिरबाट हटाउने धम्की दिएको उनीहरुको भनाई छ । यही पत्रपत्रिका पढेको र कार्यालयमा भएको भ्रष्टाचारको विषयमा चासो राख्ने कर्मचारीहरुलाई अहिले प्रबन्धक थापाले कार्यक्षेत्रमा नखटाई कार्यालयमा नै जगेडामा राखेका छन् भने कतिपयको करार अवधिसमेत थप नगर्ने बताइरहेको पीडित कर्मचारीको भनाई छ ।
यसैगरी, एन्ट्यागमा सूचना माग्न पुगेका मिर्मिर अनलाइनका सम्पादक सिर्जना तिम्सिनालाई दुव्र्यवहार गरी सूचना नदिएपछि यो विषय राष्ट्रिय सूचना आयोग पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार मिर्मिरे अनलाइनको सम्पादक सिर्जना तिम्सिनाले एन्ट्यागले आपूmलाई सूचना माग्न जाँदा एन्ट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले दुव्र्यवहार गरी सूचना नदिएको भन्दै सूचना लुकाउने व्यक्तिमाथि कारवाहीको माग गर्दै एन्ट्यागले आर्थिक वर्ष २०७१–७२ मा गरेका सम्पूर्ण कार्यको विस्तृत विवरण उपलब्ध गराइदिन राष्ट्रिय सूचना आयोगमा उजुरी दिएकी छिन् ।