एन्ट्याग भ्रष्टहरुको चंगुलमा

२०७२ आश्विन ११ गते, सोमबार

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा भ्रष्टहरुको राइँदाइँ मच्चाएको समाचार प्राप्त भएको छ । एन्ट्यागमा व्यापक भ्रष्टाचार भएपछि त्यहाँका कर्मचारीले २०७२ साउन ६ गते दर्ता नं. २९८ मार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको र हालसम्म यस विषयमा अख्तियारले कुनै कारवाही नबढाएको भन्दै गुनासो वयक्त गरेका छन् एन्ट्यागका हरेक कार्यमा व्यापक आर्थिक अनियमितता भएपछि छानबिन गरी दोषीमाथि कारवाीह गरिपाउँ भनी हामीले कार्यक्रम निर्देशक दीपक थापासहितका पदाधिकारीलाई कारवाही गरिपाउँ भनी अख्तियार अनुसन्धान दुरुपयोग आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका सम्बन्धित निकायमा उजुरी दर्ता गराएका थियौँ । तर, अहिलेसम्म कुनै निकायबाट ठोस रुपमा छानबिनको प्रक्रिया अगाडि बढाएको जानकारीमा आएको छैन भन्दै उनले सम्बन्धित निकायले ढिलासुस्ती गर्दा भ्रष्टाचारीले प्रमाण लुकाउने र आपूmअनुकूलको स्थिति सिर्जना गर्ने भन्दै गुनासो व्यक्त गरे । यसरी एन्ट्यागमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्दै सम्बन्धित निकायमा उजुरी परेपछि र विभिन्न सञ्चार माध्यममा समाचार प्रचारप्रसार भएपछि कार्यक्रम निर्देशक दीपक थापा र अधिकृत नरेश शाहीसहितका पदाधिकारीले हरेक कर्मचारीलाई पालैपालो बोलाई कार्यालयको सूचना चुहाउनेलाई भविष्यमा भडाभन्दा कडा कारवाही गरिन्छ, भन्दै हप्काउने र जागिरबाट राजीनामा गर भनी धम्काउने गरेका छन्, भन्दै एन्ट्यागका एक कर्मचारी भन्छन्, अहिले न हामीलाई कुनै कामको जिम्मा दिइएको छ, न कार्यक्रमको बारेमा छलफल नै हुन्छ । कार्यक्रम निर्देशक दीपक थापा र अधिकृत नरेश शाही हामीविरुद्ध उजुरी गर्ने, जुन निकायमा उजुरी गरेको, त्यहीँबाट काजमा लिएर फिल्डमा जाने भन्दै धम्काउँछन् । हामीले एन्ट्यागभित्र भएको आर्थिक अनियमितताको विषयमा कुरा उठाउँदा निल्नु न ओकल्नु भएको छ भन्दै भ्रष्टहरुसँग लड्न मुस्किल रहेछ भन्दै सुस्केरा हाल्छन् ।
यसैबीच, पत्रकारलाई सूचना दिन बोलाएर दुव्र्यवहार गरेका कार्यक्रम निर्देशक दीपक थापासहितका विरुद्ध पत्रकार बालकृष्ण भट्टले राष्ट्रिय सूचना आयोगमा दिएको उजुरीको प्रक्रिया अगाडि बढेको बुझिएको छ । पत्रकार भट्टले एन्ट्यागले आपूmलाई पटक–पटक सूचना माग्दा पनि सूचना उपलब्ध नगराएको भन्दै गत भदौ २९ गते राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका थिए । पत्रकार भट्टले एन्ट्यागमा मसलन्द, इन्धन, सवारी साधन मर्मत, सवारी साधन, कार्यक्रम सञ्चालन र प्रचारप्रसारलगायतका काममा व्यापक भ्रष्टाचार भएको सूचना प्राप्त भएको र ती सूचनाका बारेमा यथार्थ विवरण माग्दा एन्ट्यागले उपलब्ध नगराएकोले सोसम्बन्धी पूर्ण सूचना उपलब्ध गराइदिन सूचना आयोगमा उजुरी गरेका छन् । यस सम्बन्धमा राष्ट्रिय सुचना आयोगमा बुझ्दा राष्ट्रिय सूचना आयोगले प्रक्रिया अगाडि बढाइसकिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]