प्रचण्डको राष्ट्रपति बन्ने दाउ

काठमाण्डौ, २४ असोज । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चयनपछि राष्ट्रपतिमा दाबी गर्ने संकेत गरेको छ । प्रधानमन्त्रीको चयनसगै प्रचण्ड राष्ट्रपति बन्ने दाउमा लागेका छन । यसको संकेत उनले शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा गरि सकेका छन । बैठकमा प्रचण्डले राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताएका थिए । आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका प्रचण्डले शनिबार संसदीय दलको बैठकमा पात्रको बारेमा कुरा नगरी राष्ट्रपतिका लागि दाबी गर्ने ढोका खुलेको बताएका थिए ।
उपराष्ट्रपति पहिलेदेखि नै एमाओवादीलाई दिने प्रस्ताव आइरहेको बताउँदै प्रचण्डले नेपाली कांग्रेस सहमतिबाट बाहिरिएको अवस्थामा अब एमाओवादीले पनि राष्ट्रपतिमा दाबी गर्ने बाटो खुलेको बैठकमा बताए ।
यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाउने एमाले कांग्रेसवीच भद्र सहमति भएकोमा कांग्रेसले त्यसलाई तोडेपछि एमाओवादीले राष्ट्रपतिका दाबी गर्ने संकेत गरेको हो । राष्ट्रपति कसलाई बनाउने भन्ने एमाओवादीले टुंगो गरेको छैन ।