भट्टराईका पिएले पिए पछि…..

२०७२ कार्तिक १३ गते, शुक्रबार

काठमाडौं, १३ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिए सनिप बुढाले रक्सि पिएर सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई बुढालाइ आक्रमण गरेका छन । पिए सनिप बुढाले डा. बाबुराम भट्टराईको निवासमा खटिएका सशस्त्र प्रहरीका परिचर (भान्छे) विष्णु श्रेष्ठलाईलाई मरणासन्न हुने गरी पिटेका हुन् । उनले कात्तिक ६ गते टिकाको दिन भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई बुढाले आक्रमण गरेका हुन् । बुढाले मादक पदार्थ सेवन गरि अपराह्न तीन बजे भट्टराईको सानेपा निवासमा ढोका थुनेर पिटेको खबर सार्वजनिक भएको छ । खाना नमीठो पकाएको भन्दै सनिपले श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए । श्रेष्ठलाई मरणसन्न हुने गरि पिटिरहँदा सशस्त्र प्रहरीका जवानहरू भने सानेपा निवासमा टिटी खेलेर बसेको थिए। पिए सनिप बुढाले श्रेष्ठलाईलाई पिटिसकेपछि बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए । यस्तो अवस्थामा खबर सार्वजनिक भए बदनाम हुने डरले बाबुराम पत्नि हिसिलाले सनिपलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न दबाव दिएकी छन् । हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमानलाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् ।

प्रतिक्रियाहरु

[anycomment]