माओवादीले नाकाबन्दीविरुद्ध सशक्त आन्दोलन गर्ने

काठमाडौ, १७ कात्तिक । नेकपा माओवादीले नाकाबन्दीविरुद्ध सशक्त आन्दोलन गर्ने भएको छ। माओवादीले आज एक विज्ञप्ती जारी गर्दै तिहारपछि शसक्त आन्दोलन गर्ने बताएको हो । भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालकोराष्ट्रिय स्वाधीनतामा खलल पुर्याउने काम गरिरहेको माओवादीले ठोकुवा गरेको छ । यस परिस्थितिमा नेपालका सबै देशभक्त शक्ति एक भएरप्रतिरोध गर्न उसले आव्हान समेत गरेको छ । माओवादीका महासचिब विप्लवद्वारा आज जारी गरिएको विज्ञप्तीमा भनिएको छ, तिहार सकिने बित्तिकै भारतलेलगाएको एकतर्फी नाकाबन्दी, लगातार गरिरहेको हस्तक्षेपका विरुद्ध सशक्त राष्ट्रिय मुक्ति आन्दोलन गर्नेछौं। नाकाबन्दीका नाममा देखा परेको अभावको अवसर छोपी चलाइएको कालोबजारी, भ्रष्टाचारकाविरुद्ध पनि कारबाही गरिने पनि विप्लवले जनाएका छन्। विज्ञप्तीमा जनताको इच्छा, जनयुद्ध र विभिन्न जनआन्दोलन विपरित बनेको संविधानका विरुद्ध भएका मधेशी, थारु, जनजाति आन्दोलनहरुप्रति पार्टीको समर्थनर ऐक्यबद्धता रहँदै आएको उल्लेख गर्दै भनिएको छ, नेपाली जनताले आफ्नो अधिकारकालागि गरेका आन्दोलनहरुबाट नाजायज फाइदा उठाएर अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ।’ आन्दोलनहरुमा भारतको अनावश्यक सरोकार राखेको कुरा कार्तिक १७ गते बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेको विज्ञप्तीमा उल्लेख छ। संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले लगाएको नाकाबन्दीले अहिले सिंगो नेपाल आक्रान्त बन्न पुगेको उल्लेख गर्दै भने, ‘जनतालाई अत्यावश्यक उपभोग्यबस्तु मुख्यतः पेट्रोलियम पदार्थ तेल र एलपी ग्यासमा लगाएको नाकाबन्दीले देश र जनताको जनजीवन असाध्यै कष्टकर बनेको छ ।’
माओवादीका महासचिब विप्लवद्वारा जारी गरिएको विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” अहिले संविधान सभाबाट घोषणा गरिएको भनिएको संविधान नेपाली शोषित पीडित जनताको भावना विपरित संविधान बनेको छ । यो संविधानले जनताको अधिकार सुनिश्चिता गरेको छैन । जनताको इच्छा, जनयुद्ध र विभिन्न जनआन्दोलन विपरित बनेको संविधानका विरुद्ध भएका मधेशी, थारु, जनजाति आन्दोलनहरुप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यबद्धता रहँदै आएको कुरा पुनः स्पष्ट पार्न चाहान्छौं । तर नेपाली जनताले आफ्नो अधिकारकालागि गरेका आन्दोलनहरुबाट नाजायज फाइदा उठाएर अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ । यति मात्र नभएर यी आन्दोलनहरुमा भारतको अनावश्यक सरोकार राखेकोकुरा कार्तिक १७ गते बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेको छ । ंसंविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले लगाएको नाकाबन्दीले अहिले सिंगो नेपाल आक्रान्त बन्न पुगेको छ । जनतालाई अत्यावश्यक उपभोग्यबस्तु मुख्यतः पेट्रोलियम पदार्थ तेल र एलपी ग्यासमा लगाएको नाकाबन्दीले देश र जनताको जनजीवन असाध्यै कष्टकर बनेको छ । नेपालमा नाकाबन्दी गरेर यहाँको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथिको हस्तक्षेपको मात्रालाई झनै बढाउने दाउपेच गरिरहेको छ । भारतले नेपालमाथि गरेको यो नाकाबन्दी कुनै राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन सम्मत छैन । बरु यो नाकाबन्दी भुपरिवेष्ठित देशको विशेषअधिकार, राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार संगठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत दुई पक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्कको सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरित छ । तसर्थ सबैभन्दा पहिला भारतीय शासकवर्गको यो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।
यस अवस्थामा देशका जनता यो नाकाबन्दीले भएको अभाव र त्यसले पारेको प्रताडन र राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन मिचाईप्रति यहाँका शासकहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले भारतले लगाएको नाकाबन्दीबाट पैदा भएको यो संकटपूर्ण घडिको मोचनको कुनै विकल्प पनि खोजेको छैन । विकल्प खोजेपनि झारा टार्ने काम मात्र गरेको छ । अहिलेको देशमा सिर्जित जटिल अवस्थाका बारेमा देश र जनतालाई जानकारी, सचेत गराएको छैन । हाम्रो पार्टी आमजनतामा भारतीय शासकवर्गले थोपरेको यो असहज परिस्थितिको प्रतिवाद गर्न आव्हान गर्छ ।
भारतीय शासकवर्गहरुले असमान सन्धि÷सम्झौताहरुलाई लादिरहेको छ । यी असमान सन्धि÷सम्झौताहरुलाई पूर्णरुपले खारेज गर्नुपर्छ । तत्कालका लागि हाम्रो पार्टीले भारतसँग समदूरीका आधारमा सम्बन्ध राख्नु पर्छ । तसर्थ हाम्रो पार्टीले भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमति पत्र लागु गर्न, न्युनतम पनि अनुमति पत्रको व्यवस्था गर्न, श्रम इजाजत पत्र लागु गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न जोडदार माग गर्दछ । भारतले लगाएको नाकाबन्दीका कारण आपूर्तिमा देखापरेको अभावको नाजायज फाइदा उठाइ यहाँका केही कालाबजारीयाहरुलेपेट्रोलियम पदार्थको मूल्य कैयौं गुणा बढाएर बेचिराखेका छन्। यसले उपभोक्तालाई थप आक्रान्त तुल्याएको छ । जसले सबै जसो उपभोग्य बस्तुको मूल्य, यातायात र ढुवानीको भाडा आकासिएको छ ।
नेपालमा गत बैशाखमा गएको विनाशकारी भूकम्पबाट पीडित जनताले अहिलेसम्म राहत पाएका छैनन् । उनीहरु अहिलेको कठाङ्ग्रिदो जाडोमा च्यातिएको प्लास्टिकको पालमुनि जीवन गुजार्नु परिराखेको छ । उनीहरुको घर छैन । खाना छैन । तर भूकम्प पीडितका नामममा यहाँ भ्रष्टाचार भैराखेको छ । यी घटनाहरुलाई हाम्रो पार्टीको गत केन्द्रीय समितिको बैठकले गम्भीरतापूर्वक लिएको छ । भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालको राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउने काम गरिाखेको छ । यस परिस्थितिमा नेपालका सबै देशभक्त शक्ति एक भएर प्रतिरोध गर्न हाम्रो पार्टी विशेष आव्हान गर्दछ । नेपाली जनताले अहिले आफ्नो गच्छेअनुसार दशै. र तिहार मनाइ राखेका छन् । यसै परिवशेलाई ध्यानमा राखी हामीले आन्दोलन गरिराखेका छैनौं । तिहार सकिने बित्तिकै भारतले लगाएको एकतर्फी नाकाबन्दी, लगातार गरिरहेको हस्तक्षेपका विरुद्ध सशक्त राष्ट्रिय मुक्ति आन्दोलन गर्ने कुरा पनि जानकारी गराउँदछौं । नाकाबन्दीका नाममा देखा परेको अभावको अवसर छोपी चलाइएको कालोबजारी, भ्रष्टाचारका विरुद्ध पनि सशक्त अगाडि बढाउने छौं । हामीले गर्ने यी आन्दोलनहरुमा सबै जनता, देशभक्त, सच्चा गणतन्त्रवादी र सबैसरोकारवालाको सहभागिता, सहयोग, समर्थन र ऐक्यबद्धताकोलागि आव्हान गर्दछौं । ”