सेक्रेटरी रिहाइको माग गर्दै प्रदर्शन

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौ । नेकपा माओवादीका अर्घाखाँची सेक्रेटरी गंगाप्रसाद ज्ञवाली सुमनलाई प्रहरीले गतवुधबार गिरफ्तार गरेको विरोधमा लुम्बिनी व्यूरोका ६ बटै जिल्लाले विरोधस्वरुप कोणसभा सम्पन्न गरेका छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीले अर्घाखाँची सेक्रेटरीलाई पार्टीको कामको शिलशिलामा जादा प्रहरीले गिरफ्तार गरेको भन्दै तुरुन्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ । रुपन्देहीको विरोध सभामा बोल्दै रुपन्देहीका सेक्रेटरी शरद ओलीले प्रतिक्रियावादी राज्यसत्ताले झुट्टा मुद्दा लगाएर, माओवादीहरुलाई तारो बनाएको भन्दै मुद्दा लगाउनेका मुद्दासमेत जनसरकारमा दाखिल गर्ने र कारबाही आफूहरुले पनि गर्ने बताए । त्यस्तै विरोध सभामा नवलपरासीका सेक्रेटरी जुझारु, कपिलवस्तुका सक्रेटरी संगम, पाल्पा सेक्रेटरी धिरज, गुल्मी सेक्रेटरी विष्णु पन्तलगायतले आफ्नो पार्टीका नेतालाई विनासर्त रिहा नगरेमा आफुहरुले जस्तोसुकै कदम पनि चाल्न तयार रहेको बताउँदै, जनमुखी काम गर्दा दलालहरु तर्सेर अनावश्यक मुद्दाहरु लाएको भन्दै विरोध गरे । यता लुम्बिनी व्यूरो ईन्चार्ज विरजंगले एक विज्ञप्ती मार्फत अर्घाँखाची सेक्रेटरी सुमनलाई विनासर्त नछोडिए, यसले ठुलो रुप लिने र स्वंय प्रतिक्रियावादी राज्यसत्तालाई जनसरकारको कठघरामा उभ्भाउने बताए । झण्डै ६ महिना अगाडीमात्रै जिल्ला सेक्रेटरी बनेर पुगेका सुमन लामो समयदेखी माओवादी राजनीतिमा सक्रिय नेता हुन्, यसअघी नवलपरासीमा रहेका उनलाई जिल्लास्थित प्राकृतिक सम्पत्तिको दोहन गरीरहेको स्काईभेटर आगजानी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । – शिव डुम्रे

प्रतिक्रियाहरु

[anycomment]