सडक डिभिजन कार्यलयका प्रमुख कर्णलाई कालोमोसो

२०७३ जेष्ठ १९ गते, बुधबार

काठमाडौ, १९ जेठ । नेकपा माओवादीले मकवानपुरको हेटौंडामा अबस्थित सडक डिभिजन कार्यलयका प्रमुख कमलेसकुमार कर्णलाई कालोमोसो दलेको छ ।
कर्णलाई देशको ढुकुटी लुटेको अभियोगमा पार्टीको केन्द्रीय नीति अनुसार माओबादीले जनकारबाही गरेको बताएको छ । कर्णलाई पाँच अभियोगसहित माओबादीले गरेको हो । प्रमुख कर्णले निर्माण व्यवसायीसँग घुस लिएको, प्रत्येक योजनाको कुल रकममा ३० प्रतिशत कमिशन लिने गरेको, सडक निर्माण गर्दा गुणस्तरलाई पैसासँग सम्झौता गरेको भन्दै माओवादीले कारबाही गरेको हो ।
त्यसबाहेक प्रमुख कर्णले सेवाग्राहीलाई विभिन्न बहाना बनाई दुख दिने गरेको र फर्जी बिल भरपाई मिलाएर ठेकेदारसँग कमिशन लिएको भन्दै कार्वाही गरिएको विप्लव माओवादीद्धारा जारी गरिएको पर्चामा उल्लेख छ । सडक डिभिजन प्रमुख कर्णलाई यो चेतावनीस्वरूप मात्र कार्वाही गरेको भन्दै माओवादीले नसच्चिए अझ कडा कार्वाही गरिने कुरा जारी पर्चामा उल्लेख गरिएको छ ।
कर्णलाई जनकारबाहीको अभियोगबारे माओबादीले जारी गरेको पर्चा यस्तो छ :

प्रतिक्रियाहरु

[anycomment]