आज मेची, चितवन, धादिङ, नुवाकोट, रसुवा र कर्णाली बन्द

२०७३ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौँ, २१ जेठ । नेकपा माओवादीले आज मेची, चितवन, धादिङ, नुवाकोट, रसुवा र कर्णाली बन्द गरेको छ । माअाेवादीले आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै आज गरेकाे बन्दले मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरोको जनजीवन ठप्प भएकाे छ । सरकारले माओवादीका नेता, कार्यक्रता र समर्थकलाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने कार्य गरेपछि उक्त क्षेत्र बन्द गरेको हो । माअाेवादीले झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारीलगायतका नेताकार्यकर्ताहरूकाे रिहाइकाे माग गर्दै बन्दकाे कार्यक्रम राखेकाे हो । त्यसैगरी जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित अाजकाे बन्द कार्यक्रम राखेकाे बताएकाे छ ।
यससंगै माओवादीले देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायतका बिषय समेट्दै सडक संघर्ष चर्काउने देखिएको छ । यसै शिलशिलामा माओवादीले आउदो जेठ २७ गते नेपाल बन्दको घोषणा यस अघि नै साबजनिक गरिसकेको छ । प्रबक्ता प्रकाण्डले विज्ञाप्ति मार्फत राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायत नेपाल राष्ट्र, नेपाली जनताको राजनैतिक अधिकार र जन जीविकाको पक्षमा संघर्ष गर्दा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले हाम्रो पार्टीका नेता, कार्यक्रता र समर्थक जनतालाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने फाँसिष्ट हर्कतहरु गरिराखेकाले नेपाल बन्द गर्नु बिकल्प नरहेको बताएका छन । उनले बिज्ञप्तिमा झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जन परिषद प्रमुख .राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई हालसम्म जेलमा राखेकोमा तिब्र रोष प्रकट गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]