भ्रष्ट इन्जिनियरलाई कालोमोसो

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । नेकपा माओवादी धनगढीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टलाई कालोमोसो दलेको छ । भट्टले योजना बापत विभिन्न ठेकेदार र उपभोक्ता समितिका अध्यक्षसंग कमिशनवापत १५ प्रतिशतसम्म रकम माग्ने गरेको पाइएपछि कालोमोसो दलिएको सो पार्टीले जनाएको छ । उनलाई आज बिहान कार्यालयमै गएर कालोमोसो दलिएको हो । पटक पटक सुध्रिन सचेत गराउदा समेत नसध्रिएको र भ्रष्टाचार झन् बढेकोले चेतावनी स्वरूप कालोमोसो दलिएको माओवादीको विद्यार्थी भातृ संगठनका नेता बिरेन्द्र बिकेले जानकारी दिए । इन्जिनियर भट्टसहित उपमहानगरपालिकाका कतिपय कर्मचारीमाथि भ्रष्टारको आरोप लाग्दै आएको थियो । कतिपय कर्मचारी कार्यालयमा नबस्ने र कार्यालय समयमै होटेलहरुमा भेटिने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]